Comments Add Comment

विदेसिने युवा ४१ प्रतिशतले घटे, रेमिट्यान्स ३३ प्रतिशतले बढ्यो

१३ कात्तिक, काठमाडौं । विदेसिने युवको संख्या घटेपनि चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह भने उत्साहजनह रुपमा बढेको देखिएको छ । साउन र भदौमा गत वर्षभन्दा ४१ प्रतिशत कम संख्यामा युवा बारिएका छन् भने ३३ प्रतिशतले रमिट्यान्स बढेको छ ।

चालु आर्थिक वर्षमो पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह ३३.४ प्रतिशतले वृद्धि भएको छ । साउन र भदौ महिनामै १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले मात्रै बढेको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । मुख्यमा रुपमा डलको भाउ बढेका कारण रेमिट्यान्स बढेको हो । विदेश बस्नेहरुले डलरको भाउ राम्रो भएकाले यही समयमा डलर नेपालमा पठाइरहेका छन् ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३४.१ प्रतिशतले वृद्धि भई १ खर्ब ७५ अर्ब ३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले बढेको थियो । यो अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशिने युवाको संख्या संख्या ७.२ प्रतिशतले घटेको थियो ।

यो अवधिमा ६७ हजार ५ सय ५१ युवा काम खोज्दै विदेसिएका छन् । गत वर्ष यस्ता युवाको संख्या ९७ हजार ४ सय ५८ थियो । मलेसिया जाने युवामाथि अवैध रुपमा बिचौलिया संयनत्र खडा गर्ने विरुद्ध श्रममन्त्री गोकर्ण बिष्टले कारवाही अभियान चलाएका छन् । यसका कारण यी महिनामा मलेसियाको रोजगारी प्रभावित भयो । यसले गर्दा विदेसिने युवाको संख्या पनि घटेको देखिन्छ ।

गत आर्थिक वर्षका केही महिना रेमिट्यान्सको वृद्धिदर घटेको थियो । सातौं महिनामा आएपछि बल्ल रेमिट्यान्सको आप्रवाह दरमा सुधार आयो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिनबहादर श्रेष्ठको भनाइमा विशेष गरी गृह प्रशासनको सक्रियता र अर्थ मन्त्रालयको न्युन विजकीकरण विरुद्धको प्रहारका कारण पनि अवैध रुपमा हुने कारोबारमा कमी आएको हो ।

यसले अवैध रुपमा विदेशी मुद्राको अपचलन र हुण्डीको कारोबार प्रभावित भएको छ । यसले गर्दा रेमिट्यान्स बैंकिङ च्यानलबाटै भित्रिने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment