Comments Add Comment

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ‘८० प्रतिशत’ सुधार

१३ कात्तिक, काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा ‘८० प्रतिशत’ सुधार आएको चिकित्सकहरुले बताएका छन् । तर, आरामका लागि केही दिन अस्पतालमा नै राखिने डा. प्रकाश सायमीले बताएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि ओली सोमबार विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

त्यसबेला छातीमा संक्रमणका साथै शरीरमा चिनीको मात्र असन्तुलित देखिएको थियो । तर, मंगलबार साँझसम्ममा स्वास्थ्यमा ‘८० प्रतिशत’ सुधार आएको छ ।
प्रधानमन्त्रीले खाना खाने, कुराकानी गर्ने लगायतका नियमत कामहरु आफैं गर्ने गरेका छन् ।

उपचारमा संलग्न डा. शायमीका अनुसार मंगलबारदेखि भेटवार्तामा समेत रोक लगाइएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपाका नेता सुवास नेम्वाङ लगायतलाई पनि फेस टु फेस भेट गर्न दिइएको छैन । संक्रमण नसरोस् भनेर भेटवार्तालाई रोक्नु परेको डा. शायमीले बताएका छन् ।’उहाँ (प्रधाननमन्त्री) त भेट्न खोज्नुहुन्छ । भिजिटरले १ मिनेट बाल्दा १० मिनेट बोल्नुहुन्छ’ उनले भने ।

डा. शायमीका अनुसार प्रधानमन्त्रीलाई आरामकै लागि पनि केही दिन अस्पतालमा राखिनेछ । ‘उहाँले तपाईहरुले त पाता कसेरै राख्नुभयो भन्नुभयो’ शायमीले भने, ‘रेस्टका लागि केही दिन पाता कसेरै राख्छौं भनेका छौं ।’

अस्पतालबाट डिस्चार्ज गर्दा संक्रमणको खतरा हुने भएकाले अस्पतालमै राख्नु परेको उनले बताए । सम्भवतः शुक्रबार प्रधानमन्त्री ओली डिस्चार्ज हुनेछन् ।

तर, त्यसपछि पनि सार्वजनिक कार्यक्रममा जान नहुने चिकित्सकहरुले बताएका छन् । ‘तुरुन्तै दौडधुप गर्न मिल्दैन । यहाँबाट गएपछि पनि एकसाता सार्वजनिक कार्यक्रमहरु रोक्नुपर्छ’ उपचारमा संलग्न डा. शायमीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment