काठमाडौं । इंग्लिस क्लब टोटनहृयामका मिडफिल्डर डेले अलिले क्लबसँग नयाँ सम्झौता गरेका छन् । जसअनुसार उनी २०२४ सम्म उनी टोटनहृयाममै रहने छन् ।
२२ वर्षका अलि एम के डन्स फुटबल क्लबबाट २०१५ मा पाँच मिलियन पाउण्डमा टोटनहृयाम आएका थिए । अहिले उनले कति रकममा सम्झौता गरेका हुन् खुलाइएको छैन ।
यो सिजन अलिले पि्रमियर लिगमा ६ खेल खेलेका छन् । जसमा उनले गोल गर्न भने सकेका छैनन् । टोटनहृयाम लिग तालिकामा पाँचौ स्थानमा छ ।
‘म टोटनहृयाममा निकै खुसी छु, आउने दिनमा कस्तो हुन्छ त्यसमा पनि उत्साहित छु’ उनले इन्स्टाग्राममार्फत भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4