Comments Add Comment

युएई सरकारले थप्यो आममाफीका लागि एक महिना समय

युएई/युएई सरकारले अबैधानिक भएर बसेका विदेशी नागरिकलाई दिइएको आममाफीको समय एक महिना थप गरेको छ ।

फेरि एक महिनाको समय थप गरेपछि अब डिसेम्बर १ तारिखसम्म यो सुविधा लिन सकिने युएईका समाचार संस्थाले जनाएका छन् ।

गत अगष्ट १ बाट सुरु भएको ९० दिनको आममाफी प्रकृयामा अवैधानिकरुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य मुलुकका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पूरा गरी आफ्नो मुलुक र्फकन आग्रह गरिएको थियो ।

केही देशका दूतावास र कन्सोलरहरुले आममाफीमा सहभागीहरुको आवश्यक कागजातहरू जारी गर्न वा प्रकृया गर्न समय मागेकाले सोहि अनुसार समय थप गरिएको समाचारमा उल्लेख छ ।

आममाफीको समय अवधिपछि अबैध कामदार भेटिए कडा कारबाही गरिने युएई सरकारले जनाएको छ ।

साथै वैध भएकाहरुले इच्छाएको अवस्थामा युएईमै कामदार भिसामा रहन सक्नेछन् । उनीहरुका लागि ६ महिनाको अस्थायी भिसा दिइने र सो अवधिमा रोजगार खोजेर कामदार भिसा लगाउ पर्नेछ ।

यो पनि पढ्नुहोस यूएईमा आममाफीका लागि दूतावासको घुम्ती सेवा सुरु

यसअघि सुरु भएको ९० दिनको माफीको अवसर अक्टोवर ३१ (कात्तिक १४ गते) बुधबार सकिदैँ छ ।

भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले नेपाल र्फकन पाउनेछन् ।
गम्भीर प्रकृतिको मुद्दा लागेका तथा मुद्दाको फैसला नभएका आप्रवासी भने फर्किन पाउने छैनन् ।

अवैध बसेका नेपालीलाई युएईमा रहेको नेपाली दूताबासले ट्राभल डकुमेन्ट उपलब्ध गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment