+
+
Shares

सय रुपैयाँ जरीवाना बुझाउन नसक्दा जेल चलान !

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते ८:२२

१४ कात्तिक, अछाम । मदिरा सेवन गरी बजारमा हो–हल्ला गरेको आरोपमा पक्राउ परेका मंगलसेन–७ का जड्फे जैसी जरीवानाबापतको १ सय रुपैयाँ बुझाउन नसक्दा जेल चलान भएका छन् ।

स्थानीय प्रशासन ऐन–२०२८ को दफा ९ (१) बमोजिम तिर्नुपर्ने १ सय रुपैयाँ तिर्न नसक्दा जैसी चार दिनका लागि जेल चलान भएको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

जरीवानावापत जिल्ला प्रशासन कार्यालयले तोकेको १ सय रुपैयाँ बुझाउन नसक्दा उक्त जरीवानाबाट कट्टी हुनेगरी जेल भुक्तान गर्नुपर्ने अवस्था आएको अछाम प्रहरीले जानकारी दिएको छ ।

सोमबार बेलुकी करिब ८ः३० बजेतिर जैसीले उक्त नगरपालिका–६ को ठूलासेन बजार र घरमा गालीगलौज र होहल्ला गरेकाले नियन्त्रण लिएर कारबाही भएको डीएसपी शाहीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?