Comments Add Comment

फ्रान्समा अस्वभाविक हिमवर्षा, विद्युत आपूर्ति र सडक अवरूद्ध

१३ कात्तिक, फ्रान्स । फ्रान्सको उत्तरपूर्वी तथा मध्यदक्षिणी क्षेत्रमा मंगलबार रातभर व्यापक हिमवर्षा भएको छ ।

हिम वर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ ।

सडकमा एक्कासि परेको हिउँका कारण हजारौँ गाडीहरू बाटामै अलपत्र परेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिम वर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन् ।

मंगलबार जमिनको सतहमा करिब ४० सेन्टिमिटरसम्म हिउँ जमेको प्रभावित क्षेत्रमा करिब दुई लाख घरहरुमा विद्युत आपूर्ति अवरूद्ध भएको हाउटलोयरका मौसम मामिला हेर्ने निकायले जनाएका छन् ।

जमेको हिउँका कारण ठाउँठाउँमा रेल सेवा पनि अवरूद्ध भएको छ । फ्रान्सको राज्य सञ्चालित रेल सेवा कम्पनीले बाटोमा फसेका रेललाई हिउँ हटाएर बुधबार अपरान्ह्सम्म सञ्चालनमा ल्याउने पहल थालेको जनाएको छ ।

फ्रान्सको मौसम विज्ञान विभाग, मेटेओ फ्रान्सले उत्तरी तथा पूर्वी क्षेत्रमा रहेका मुलुकका पाँच क्षेत्रलाई हिमबर्षाका कारण सामान्य खतराको सूचीमा राखी सर्वसाधारणलाई सचेत हुन अनुरोध गरेका छन् । फ्रान्समा बुधबार विहानसम्म निकै चिसो रहने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment