Comments Add Comment

श्रीमद्भगवत गीताको अनमोल बचन, जसले हाम्रो जीवन बदल्न सक्छ

कर्मद्वारा नै जीवनलाई श्रेष्ठ बनाउन सकिन्छ । सर्वोत्तम बनाउन सकिन्छ । कर्म हरेक समस्याको समधान हो । सार्थक ढंगले गरिएको कर्मले जहिले पनि सकारात्मक नतिजा दिन्छ ।

पौराणिक ग्रन्थ श्रीमद्भगवत गीताले हामीलाई यसरी नै कर्मयोगी बन्न प्रेरित गरेको छ । यो ग्रन्थ आजभन्दा करिब ५ हजार बर्ष पहिले अर्थात कलियुगको आरम्भमा रचना भएको मानिन्छ । कुरुक्षेत्र युद्ध भूमीमा कृष्णले अर्जुनलाई दिएको उपदेश नै गीता हो ।  यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर शैलीले लेखिएको छ । श्रीमद्भगवत् गीताको पृष्टभूमी महाभारतको युद्ध हो ।

गीताले जीवन र जगतका बारेमा धेरै कुरा उल्लेख गरेको छ, जो हाम्रा निम्ति निकै उपयोगी छन् । खासगरी सफलता प्राप्तिका लागि कर्म नै पहिलो ढोका हो भन्ने कुरा यसमा छ ।

–     क्रोधले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, तब व्यक्तिको पतन हुन्छ ।

–     जो आफ्नो कर्ममा आनन्द खोज्छ, उसले पूर्णता प्राप्त गर्छ ।

–     सार्थक ढंगले गरिएको सही कर्मबाट जहिले पनि राम्रो नतिजा हासिल हुन्छ ।

–     ज्ञानी व्यक्तिले ज्ञान र कर्मलाई एक रुपमा देख्छ ।

–     सधै गुनासो गर्ने व्यक्तिका लागि प्रशन्नता न यस लोकमा मिल्छ, न त अन्य कुनै ठाउँमा ।

–    आफ्नो अनिवार्य कार्य गर, किनभने वास्तवमा कार्य गर्नु निस्क्रियता भन्दा उत्कृष्ट हो ।

–     यस जीवनमा न केही गुमाइन्छ, न केही व्यर्थ हुन्छ ।

–     अप्राकृतिक कर्मले धेरै तनाव पैदा गर्छ ।

–     त्यससँग कहिल्यै नडराउनु, जुन वास्तविक होइन । न कहिल्यै थियो, न कहिल्यै हुनेछ ।

–     जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैन, त्यसले उसको लागि सत्र्को समान काम गर्न थाल्छ ।

–     मनको गतिविध, होश, श्वास र भावनाको माध्यमबाट भगवानको साथ सधै तिम्रो साथमा छ । र, लगातार तिमीले बस एक साधनाको रुपमा प्रयोग गरेर सबै कार्य गरिररहेका छौं ।

–     एक उपहार तब राम्रो र पवित्र लाग्छ, जब हुदयबाटै कोही सही व्यक्तिले सही समयमा र सही स्थानमा दिन्छ । यदी उपहार दिने व्यक्तिले त्यसको बदलामा केही अपेक्षा नराखेको होस् ।

–     मानिस आफ्नो विश्वासले निर्माण हुन्छ । उसले जस्तो विश्वास गर्छ, त्यस्तै बन्छ ।

–     नर्कको तीन ढोका छ, वासना (यौन आशक्ति), क्रोध र लालच ।

–     मन अशान्त छ, यसलाई नियन्त्रण गर्न कठिन छ । तर निरन्तरको अभ्यासबाट यसलाई वशमा राख्न सकिन्छ ।

–     व्यक्ति जो चाहन्छन्, बन्न सक्छन् । तर, त्यसका निम्ती उसले विश्वासका साथ इच्छित वस्तुमाथि लगातार चिन्तन गरेको हुनुपर्छ ।

–     जुन मानिस आफ्नो जीवन अध्यात्मिक ज्ञानको चरणका लागि दृढ संकल्पमा स्थिर छ, ऊ सामान्य रुपले संकटको आक्रमण सहन सक्ने हुन्छन् । र, निश्चित रुपले यही व्यक्ति खुसी र मुक्ति पाउने पात्र हुन् ।

–     जन्म लिने व्यक्तिका लागि मृत्यु त्यती नै निश्चित छ, जति मृत्यु हुनेका लागि जन्म लिनु । त्यसैले जो अपरिहार्य छ, त्यसमा शोक नगर ।

–     आफ्नो कर्ममा केन्दि्रत हुनु, त्यसको फलमा होइन ।

–     कर्मले मलाई बाँध्दैन , किनभने मलाई कर्मको प्रतिफलको कुनै इच्छा छैन ।

–     कर्म योग वास्तवमा एक परम रहस्य हो ।

–     बुद्धिमान व्यक्तिले समाज कल्याणका लागि विना आशक्ति काम गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment