Comments Add Comment

सर्लाही झडप प्रकरणः गोली चलाउने व्यक्तिको पहिचान, खोजी तीव्र

१४ कात्तिक, काठमाडौं । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चलाउने व्यक्तिको पहिचान भएको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पोषराज पोखरेलले गोली चलाउने व्यक्तिको पहिचान भएको बताउँदै खाजी तीव्र पारिएको बताएका हुन् ।

स्रोतका अनुसार अभियुक्तलाई पक्राउ गर्नका लागि प्राविधिक सहयोग दिन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि त्यहाँ जाँदैछ । ‘यहाँको सहयोग मागिएपछि डिएसपीको नेतृत्वमा टोली पठाउने तयारी गरेका छौं’, सीआईबी स्रोतले अनलाइनखबरसँग भन्यो ।

यसअघि मंगलबार बिहान गोली चल्दा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको थियो । उनी कांग्रेस कार्यकर्ता हुन् ।

नेकपा समर्थित कार्यकर्ताले गोली चलाएको हुनसक्ने आशंका गरिएको छ । घटनामा थप ४ जनालाई भरुवा बन्दुकको छर्राले लागेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

मलङ्वामा शव ल्याइयो, विरोध प्रदर्शनको तयारी

मंगलबार साँझ भएको सर्वपक्षीय भेलाको सहमतिपछि मृतकको शव उठाइएको थियो । हाल शवलाई मलंगवास्थित जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

कांग्रेसले बुधबार दिउँसो त्यहाँ विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । कार्यक्रममा उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत पनि सहभागी हुने सुरक्षा स्रोतले जानकारी दियो ।

अहिले प्रदेश २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पाल पनि मलंवा पुगेका छन् । ‘अहिले यहाँको स्थिति शान्तिपूर्ण छ’, उनले अनलाइनखबरसँग भने, ‘व्यापक प्रहरी परिचालित छन् । कुनै समस्या हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment