Comments Add Comment

पीपीएलः बुटवललाई विराटनगरले दियो १४१ रनको लक्ष्य (लाइभ)

१४ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिगको बुधबारको दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ४१ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा

पोखरा रंगशालामा जारी खेलमा विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको हो । विराटनगरका लागि मोहम्मद जाइद आलमले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा ७२ रन बनाए । उनले ५ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, प्रदप ऐरीले ४१ रन बनाए । आलम र ऐरीको उत्कृष्ट प्रदर्शनमा विराटनगरले सम्मानजनक स्कोर बनाएको हो ।

शून्य रन हुदा पहिलो विकेट गुमाएको विराटनगर सुरुवाती समयमै दबाबमा आएको थियो । ३६ रन हुादा अर्को विकेटको रुपमा जितेन्द्रसिंह ठकुरीलाई गुमाएको विराटनगरले त्यसपछि भने सम्हालिएर खेलेको थियो ।

बलिङतर्फ भने बुटवलका ललित भण्डारीले २ विकेट लिए । त्यस्तै, सामसद शेख, विपिन खत्री र सागर पुनले समान १-१ विकेट लिए ।
लगातार ३ खेलमा हार ब्यहोरेको विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई पराजित गर्ने लक्ष्य बनाएको छ ।

विराटनगरले पहिलो पहिलो खेलमा पोखरा पल्टनसँग ५८ रनको हार ब्यहोरेको थियो । दोस्रो खेलमा एक्स्पर्ट धनगढीसँग ७८ रनले हार ब्यहोरेको विराटनगरले तेस्रो खेलमा काठमाडौं रोयल्ससँग ५ विकेटले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यता, बुटवलले भने २ खेलमा शतप्रतिशत नतिज निकाल्दै शीर्ष स्थान कायम गरेको थियो ।

हेर्नुहोस् लाइभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment