Comments Add Comment

मानव बेचबिखनको आरोपमा २ जना पक्राउ

१४ कात्तिक, डडेल्धुरा । मानव बेचबिखनको आरोपमा डडेल्धुरामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डोटी सायल गाउँपालिका-५ का ३८ वर्षीय शेरबहादुर साउँद र सोही ठाउँका ४० वर्षीय तेजबहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको हो । एकजना भने फरार भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीका अनुसार उनीहरुलाई डडेल्धुरास्थित एक होटलबाट पक्राउ गरिएको हो ।

सोमबार बझाङ थलाराका एक पुरुषले बझाङकै एक महिलालाई उपचार गराउन भनी बझाङबाट ललाइफकाइ डडेल्धुरा ल्याएर तस्करीका लागि होटलमा राखेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।

गाउँबाट महिलालाई डडेल्धुरा ल्याउने व्यक्तिले डोटी सायल गाउँपालिका-५ का ३८ वर्षे शेरबहादुर साउँद र सोही ठाउँका ४० वर्षे तेजबहादुर साउँदको जिम्मा लगाएर फरार भएका थिए ।

शेरबहादुर र तेजबहादुरलाई भने भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

जिल्ला अदालत डडेल्धुराबाट म्याद थप गरी दुबै माथि अनुसन्धान भइरहेको र फरार भएका व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment