+
+
Shares

आसिया बीबीलाई रिहा गर्न सर्वोच्चको आदेश, पाकिस्तानको विभिन्न शहरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १५:२८

१४ कात्तिक, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले ईशनिन्दाको आरोपमा मृत्युदण्डको सजाय सुनाइएकी आसिया बीबीलाई रिहा गर्न आदेश दिएको छ ।

तल्लो अदालत र हाई कोर्टले ईसाई धर्म मान्ने उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसविरुद्ध आसियाले गरेको अपीलमा सर्वोच्चको फैसला आएको हो ।

तीन न्यायाधीशको बेञ्चको फैसला सार्वजनिक गर्दै प्रधानन्यायाधीश मिया साकिब निसारले भनेका छन्, ‘उनलाई सजाय दिइएको फैसला अस्वीकार्य छ । अरु कुनै विषयमा उनीमाथि मुद्दा चलेको छैन भने तत्काल रिहा गर्नू ।’

फैसलाको पूर्णपाठ लेखेका न्यायाधीश आसिफ सईद खोसाले पैगम्बर मोहम्मद वा कुरानको अपमान गर्नेलाई मृत्युदण्ड वा जन्मकैदको सजाय हुने बताए । तर, आम रुपमा यस्तो मुद्दा झुटो र गलत रुपमा लगाइने पनि बताए ।

अदालतले मशान खान र अयूब मसिहको मुद्दालाई स्मरण गर्दै पछिल्लो २८ वर्षमा ६२ अभियुक्तबारे अदालतको फैसला आउनुअघि नै उनीहरुको हत्या भएको छ ।

सर्वोच्चको फैसला आएसँगै पाकिस्तानका विभिन्न शहरमा विरोध प्रदर्शन सुरु भएको छ । पञ्जाब प्रान्तमा धारा १४४ लागू गर्नु परेको बीबीसीले जनाएको छ । प्रहरीले पाँच जना भन्दा बढीलाई एकै ठाउँमा जम्मा हुन रोक लगाएको छ ।

प्रदर्शनकारीले फैंजावाद र इस्लामावाद जोड्ने मुख्य हाइवे बन्द गराएर प्रदर्शन गरेका छन् । विभिन्न मस्जिदले सर्वोच्चको फैसलाविरुद्ध घरबाट बाहिर आउन र विरोध गर्न आहृवान गरेको छ ।

के हो विवाद ?

आसिया बीबीमाथि एक मुस्लिम महिलासँग कुराकानीका क्रममा पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोप छ । उनले भने आरोप अस्वीकार गरेकी छन् ।

पाकिस्तानमा ईशनिन्दा निकै शंवेदनशील विषय हो । आलोचकहरुले भने यो कानुनको गलत प्रयोग गरेर प्राय अल्पसंख्यकहरुलाई फसाउने गरिएको दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?