Comments Add Comment

काश्मिरका जनता संसारकै लागि प्रशंसायोग्य : इमरान खान

१४ कात्तिक, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले २७ अक्टोबरको दिन दक्षिण एसियाको इतिहासमै सबैभन्दा दुखद दिन भएको टिप्पणी गरेका छन् ।

उनले भारतीय सैनिकले जम्मु काश्मिर कब्जा गरी त्यहाँका वासिन्दाको आधारभूत अधिकार हनन गर्नुका साथै अन्तर्राष्ट्रिय कानूनको उलंघन गरेको  बताएका छन् । ‘सात दशकदेखि भारतले जम्मु कास्मिर कब्जा गरिरहेको छ, उसले काश्मिरी जनताको चाहनाअनुसार जनमत संग्रह गर्ने संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको अनुबन्धको उलंघन गरेको छ’ उनले भनेका छन् ।

भारतले बल प्रयोगमार्फत जनताको अधिकार हनन गरेको पनि बताएका छन् । भारत प्रशासित काश्मिसका वासिन्दा वीर र साहसी रहेको भन्दै प्रधानमन्त्री खानले उनीहरु संसारकै प्रशंसायोग्य वासिन्दा भएको बताए ।

यता, नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताएका छन् ।

पाकिस्तानी राजदूतावासमा बुधबार ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लङ्नका घटनामा वृद्धि’ विषयमा आयोजित प्रवचन कार्यक्रममा उनले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई देशबीचको सम्बन्ध सुदृढ रहेको धारणा राखे ।

‘दुवै देशले एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अवलम्बन गरेका छन्’ उनले भने । राजदूत मजहरले जम्मु–काश्मिर समस्या समाधान संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुसार जनमतसङ्ग्रहका माध्यमबाट हुनुपर्ने दोहोर्‍याए ।

राजनीतिक विश्लेषक शास्त्रदत्त पन्तले काश्मिर समस्या दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रको समेत चासोको विषय भएकाले समाधानका लागि सबैले मिलेर संयुक्त राष्ट्र सङ्घलाई घच्घच्याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment