Comments Add Comment

चिकित्सा शिक्षा विधेयकमाथिको विवाद छिट्टै टुङ्ग्याइने

१४ कात्तिक, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक जतिसक्दो छिटो निश्कर्षमा पुर्‍याउने निर्णय गरेको छ ।

बुधबार बसेको समिति बैठकले भोलि (बिहीबार) देखि विधेयकलाई टुङ्गोमा पुर्‍याउने गरी छलफल अघि बढाउन उपसमितिलाई निर्देश गरेको हो । मूल समितिले यो विधेयकमाथि छलफल गरी राय सहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएर सदस्य खगराज अधिकारीको संयोजकत्वमा एघार सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल गरिसकेको छ ।

उपसमिति संयोजक अधिकारीले भोलिदेखि सिधै विधेयकमाथि छलफल सुरु हुने बताए । ‘हामीले बिभिन्न चरणमा सरोकारवाला पक्षहरुसँग छलफल गर्‍यौं । ६/७ पटक उहाँ -शिक्षामन्त्री गिरिराजमणि पोखरेल) सहभागी हुनुहुन्थ्यो’, अधिकारीले भने, भोलिदेखि हामी सिधै विधेयकमाथि छलफल सुरु गछौं ।’

लगत्तै विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरी मूल समितिमा रायसहितको प्रतिवेदन पेस गर्ने उपसमितिको योजना छ ।

शिक्षा स्वास्थ्य मूल समितिले बुधबार विभिन्न मन्त्रालयगत उपसमिति गठन गर्ने तय गरेको थियो । तर, चिकित्सा शिक्षा विधेयकलाई टुङ्ग्याएर मात्रै अन्य विषयमा छलफल अगाडि बढाउनु उपयुक्त हुने समिति सदस्यहरुको रायपछि बुधकार उपसमिति गठन हुन नसकेको समिति सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment