+
+
Shares

टर्कीको दाबीः खशोग्जीको घाँटी थिचेर हत्या गरियो, शव टुक्राटुक्रा पारियो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते ८:५०

१५ कात्तिक, काठमाडौं । साउदी पत्रकार जमाल खशोग्जीको घाँटी थिचेर हत्या गरिएको टर्कीले दाबी गरेको छ ।

यस घटनाबारे पहिलोपटक मुख खोल्दै टर्कीले भनेको छ, दूतावासमा छिर्नेवित्तिकै खशोग्जीको घाँटी थिचेर हत्या गरिएको थियो ।

२ अक्टुबरमा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा खशोग्जीको हत्या भएको थियो ।

टर्कीले जारी गरेको बयानमा लेखिएको छ, ‘पहिले नै बनाइएको योजना अनुसार खशोग्जीलाई साउदी अरबको वाणिज्य दूतावासमा छिर्नेवित्तिकै घाँटी थिचेर मारियो । त्यसपछि पूर्वनियोजित रुपमै शवलाई टुक्रा टुक्रा पारेर नष्ट गरियो ।’

यद्यपि टर्कीले कुनै सबुत प्रमाण भने पेश गरेको छैन । यसअघि टर्कीका एक अधिकारीले आफूहरुसँग खशोग्जीको हत्याको अडियो, भिडियो प्रमाण रहेको दाबी गरेका थिए । टर्कीका मिडियाहरुमा छापिएका समाचारमा भने खशोग्जीको हत्या अघि उनलाई यातनासमेत दिइएको उल्लेख छ ।

खशोग्जी साउदी नागरिक थिए र अमेरिकी मिडियामा काम गर्दथे । उनी आफ्नो देशका शासकको कडा आलोचक मानिन्थे । खशोग्जीको शव अझै फेला परेको छैन । तर टर्की, अमेरिका र साउदी अरबले भनेका छन् उनको हत्या साउदी वाणिज्य दूतावासमै भएको थियो । तर हत्या कसरी भयो भन्ने कुरामा भने मतैक्यता छैन ।

टर्कीले खशोग्जीको हत्यामा साउदी अरबलाई नै जिम्मेदार ठहराएको छ । सत्तारुढ एके पार्टीका एक वरिष्ठ प्रवक्ताले बुधबार भनेका छन्, ‘यो हत्या कुनै उच्च पदको व्यक्तिको अनुमति विना सम्भव थिएन ।’

यद्यपि साउदी अरबले शाही परिवारको भूमिका रहेको भन्ने आरोपको भने खण्डन गर्दै आएको छ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले गत हप्ता साउदी शाह सलमानसँग कुराकानी गरेका थिए । त्यतिबेला सलमानले हत्या अनुसन्धानमा सहयोग गर्ने बचन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?