Comments Add Comment

पीपीएल लाइभ : बुटवललाई धनगढीले दियो १६२ रनको लक्ष्य

१५ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिगमा बिहीबारको खेलमा एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

खेलमा टस जितेर धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो ।

ओपनिङमा आएका दिलिप नाथ र सुबेन्दु पाण्डे १०/१० रन बनाउँदा आउट भए । तेस्रो विकेट पिटर टे्रगो १४ रन बनाउँदा आउट भए पनि चौथो विकेटका लागि दिपेन्द्र सिंह ऐरी र डान लोरेन्सले प्रतियोगिताकै सबैभन्दा धेरै १ सय ८ रनको साझेदारी गरे ।

लोरेन्स ३९ बलमा ५२ रन बनाउँदा आउट भए भने दिपेन्द्र ३९ बलमा ५६ रन बनाउँदै अविजित रहे । सौरभ खनालले ४ बलमा १३ रन बनाए ।
बुटवलका विपिन खत्रीले दुई साथै रोहन मुस्तफा र अभिनाश बोहराले एक/एक विकेट लिए ।

जारी प्रतियोगितामा बुटवल ब्लास्टर्सले तीनमध्ये दुई खेल जितेर शीर्ष स्थानमा छ । धनगढीले भने तीन खेलमध्ये एक खेलमा मात्र जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment