Comments Add Comment

माछापुच्छ्रे बैंकद्वारा ओम अस्पताल र नेपाल क्यान्सर अस्पतालसँग सम्झौता

१४ कात्तिक, काठमाडौं । माछापुच्छ्र्रे बैंक, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी छुट्टा छुट्टै सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक बाबुकाजी कार्की र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब माछापुच्छ्र्रे बैंककाग्राहकहरूलेओम हस्पिटलका सेवाहरुमा सात प्रतिशत सम्मको छुट पाउन सक्ने जनाइएको छ ।

ओम हस्पिटलले उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सिटि स्क्यान/एक्सरे, म्यामोग्राफि, इसिजि, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज रल्याब एण्ड रेडियोलोजी सेवामा सात प्रतिशत छुट दिने जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसै गरी अर्को सम्झौता अनुसार माछापुच्छ्र्रे बैंकका ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा पाँचदेखि १० प्रतिशतसम्म छुट पाउने भनिएको छ ।

नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्कि्रनिङ्ग प्याकेजमा १० प्रतिशत छुट दिने जनाइएको छ ।

अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामापनिग्राहकहरूले पाँच प्रतिशत छुट पाउने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment