Comments Add Comment

हाइकु एशोसिएसनको कार्यकारी सदस्यमा प्रकाश पौडेल चयन

कवि तथा भाषा सेवी प्रकाश पौडेल ‘माइला’ वर्ल्ड हाइकु एसोसिएनको कार्यकारी सदस्यमा चयन भएका छन् । सन् २०१८ देखि २०२० सम्मको दशौ कार्यकारी समितिको सदस्यमा वर्ल्ड हाइकु एसोसिएनका सदस्यहरुले पौडेललाई अन्तर्रास्ट्रिय जगतमा हाइकु प्रवर्धनमा महत्वपूर्ण भूमिका निभाएको भन्दै उक्त पदमा चयन गरेका हुन । कार्यकारीमा नियुक्त हुने उनी पहिलो नेपाली कवि हुन् ।

जापानको राजधानी टोकियो नजिकै साइतामा प्रान्तमा केही सातापछि हुने कार्यक्रममा उनलाई पदभार र गोपनीयताको सफत खुवाउने कार्यक्रम छ । पौडेललाई आगामी साल टोक्यो स्थित मेइजी युनिभर्सिटीमा हुने विश्व हाइकु सम्मेलन कार्यक्रमको मूल आयोजक समितिमा पनि स्थान दिइएको छ ।

जापानको राष्ट्रिय हाइजिन (हाइकु कवि) समूहमा प्रवेश पाउने उनी पहिलो विदेशी पनि हुन् ।

विश्वभरिका हाइजिनहरुको संस्था हो । जापानबाट विश्वभर फैलिएको लघुतम कविता विधा नेपालसहित विश्वका धेरै जसो देशमा फैलिएको छ । सन् २०१७ को सेक्टेम्बर ८, ९ र १० मा इटलीको पर्ममा भएको नवौ सम्मेलनले टोक्योको मेइजी युनिभर्सिटीमा हुने दशौं सम्मेलनको कार्यक्रम गरेको थियो । संस्थाले नियमित रुपमा हाइकु म्यागेजिन प्रकाशन गर्दै आएको छ । उक्त म्यागेजिनमा पनि पौडेलका हाइकु छापिन थालेका छन् ।

‘यो मेरो मात्र सफलता होइन, साहित्यमा सक्रिय सबै नेपाली विशेषगरि कवितालाई माया गर्ने सम्पूर्ण कविहरुको सफलता हो ।’ वर्ल्ड हाइकु एसोसिएसनको कार्यकारी सदस्यमा नियुक्त भएको खबर लगत्तै अनलाइनखबरसँग पौडेलले भने, ‘हाइकुको माध्यमबाट पनि नेपालमा पर्यटक भित्राउन सकिन्छ भन्ने मेरो मान्यता छ । यो नियुक्तिले मलाई मेरो सपना सफलताको नजिकै छ भन्ने विश्वास लागेको छ ।’

नेपालमा हाइकु लेखनमा सक्रिय हुँदाहुँदै १३ वर्षअघि पौडेल विद्यार्थी भिषालाई माध्यम बनाएर हाइकुको अध्ययन र साधना गर्न जापान पुगेका थिए । अहिले उनले त्यहाँ सफल रेष्टुरेन्ट ब्यवशायीका रुपमा नाम कमाएका छन् ।

व्यवसायसँगै उनले हाइकु लेखन र नेपाली भाषा साहित्यको पनि सेवा गरिरहेका छन् । गएको महिना उनकै नेतृत्वमा टोकियोमा अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन २०१८ भएको थियो । जस्मा वर्ल्ड हाइकु एसोसिएसनका निर्देशक नाचुइशी बान्या सहित झन्डै एक दर्जन जापानी हाइकु कविले सहभागिता जनाएका थिए ।

दुई महिनाअघि भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को निर्वाचनमा उनी निर्बिरोध वरिस्ठ  उपाध्यक्षमा चयन भएका थिए । अनेसास विश्भरि छरिएर रहेका नेपाली साहित्यकारहरुको संस्था हो । उनी यो संस्थाको जापान च्याप्टरका अध्यक्ष पनि भैसकेका व्यक्ति हुन् ।

‘जापान आएदेखि नै म जापानी कवि तथा हाइजिनहरुको संगतमा छु । पाँच  दशकदेखि नेपलमा हाइकु लेखन अघि बढिरहेको र दर्जनौ व्यक्ति यसमा लागिपरेका छन् भन्ने सुन्दा जापानी हरु निकै खुसी छन् ,’ पौडेलले भने, ‘निकट भविष्यमै वर्ड हाइकु एसोसिएसनले नेपालमा हाइकु विश्व सम्मेलन गर्ने सम्भावना बढेर गएको छ । वर्ल्ड हाइकुको कार्यकारीमा मेरो प्रबेशले पनि त्यसमा थप बल मिलेको छ ।’

पौडेलका हाइकुसम्बन्धी आधा दर्जन बढी कृति प्रकाशन भएका छन् । त्यसबाहेक जापानी हाइकु र जापानमा नेपाली भाषासाहित्य सम्बन्धी दर्जनौ लेखहरु तथ कार्यपत्रहरु प्रकाशन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment