Comments Add Comment

बच्चासँग विद्यालयको कुराः यसरी गरे कति काइदा

विहान उठेर राम्ररी तङ्गि्रन नपाई विद्यालय गएका बच्चा साँझ घर र्फकन्छन् । हामी सोध्छौं, ‘आज के छ होमवर्क ?’ बच्चाको जवाफ आउनुअघि नै हामी आदेश दिन्छौं, ‘लु खाजासाजा खाएर होमवर्क सक्नु ।’

कति अभिभावकलाई लाग्छ, होमवर्क भनेको आफ्नो बच्चाको ड्युटी हो । त्यो पुरा गरेपछि ढुक्क हुन्छ । त्यही कारण उनीहरु हतार-हतार होमवर्क गराउँछन् । जबकी बच्चाको ध्येय फरक हुनसक्छ । उनीहरुले आफ्ना आमाबुबासँग दिनभरको कुरा शेयर गर्न चाहेका हुन्छन् । आफ्नो अप्ठ्यारो सुनाउन चाहेका हुनसक्छन्, आफुले पाएको स्यावासी सुनाउन आतुर हुनसक्छन् । तर, हामी भन्छौं, ‘होमवर्क गर ।’

यसो गरे कसो होला ?

जब बालबालिका विद्यालयबाट र्फकन्छन्, हामी केही समय उनीहरुसँग विताउने अभ्यास गरौं । उनीहरुसँग भलाकुसारी गरौं । यसले अभिभावक र बालबालिकाबीचको सम्बन्ध सुमधुर बनाउँछ । साथै, बालबालिकाको इच्छा तथा आकांक्षाबारे जान्ने समेत अवसर प्राप्त हुन्छ ।

त्यसैले पनि विद्यालयबाट फर्किएपछि बालबालिकासँग केही समय विताउने प्रयास गरौ ।  बच्चा खुसी हुन्छ । साथै, उनीहरुको आनीबानी, इच्छा-आकांक्षा तथा रहनसहनका बारेमा समेत धेरैकुरा जान्ने अवसर मिल्छ । साथै, उनीहरुलाई के कुराले खुशी तुल्याउँछ तथा के कुराले दुखी तुल्याउँछ भन्ने समेत जानकारी हुन्छ ।

यसका लागि बच्चाहरुसँग यसरी कुरा गर्न जरुरी छ ।

आज स्कुलमा के के गर्‍यौ ?

जब हामी बालबालिका सामु यो प्रश्न गर्छौ, तब बालबालिका दिनभरको घटना फररर सुनाउन थाल्छन् । भन्छन्, मैले आज यस्तो गरे, फलानो साथीले यस्तो गर्‍यौ, शिक्षकले मलाई छिटो क्लासवर्क सकाएकोमा यसरी स्यावासी दिनु भयो इत्यादी । त्यतिमात्र हैन, यदी उनीहरुलाई शिक्षकले साच्चिकै राम्रो अंक दिनुभएको छ वा पुरस्कार दिनुभएको छ भनेपनि उनीहरु त्यस्ता कुरा स-गौरव देखाउने गर्छ  । र, तपाईको हौसला तथा प्रोेत्साहनले उनीहरुलाई राम्रो गर्नका थप उर्जा मिल्छ ।

रमाइलो कुरा के देख्यौ ?

बच्चाले कुनै दिन स्कुलमा वा बाटोमा राम्रो कुरा देखेमा उनीहरुले उक्त कुरा तुरुन्तै अभिभावकलाई बताउने गर्छन् । हुनसक्छ, उनीहरुले सुनाएको घटनाले तपाईको ओंठमा पनि मुस्कान छाओस् । र, उनीहरुसँगको तपाईको सम्बन्ध अझै प्रगााढ हुनुका साथै तपाईहरुबीचको थप विश्वास पैदा होस् ।

लञ्चमा के के खायौ, सबैभन्दा बढी कुन खानेकुरा मन पर्‍यो ?

बच्चाहरु खाना भनेपछि धेेरै कचकच गर्छन् । उनीहरुलाई आफूले लगेको खानेकुरा भन्दा अरुले तयार पारेको खानेकुरा बढी मिठो लाग्छ । त्यसैले , उनीहरुलाई सोधौ, आज के खायौ  ? कसको खानेकुरा बढी मनपर्यो ? ताकि अर्को पटक लञ्जबक्स तयार पार्दा त्यही खानेकुरा राख्न सकियोस् । यसले बच्चाको फुड हैविटबारे पनि जान्ने अवसर प्राप्त हुन्छ ।

शिक्षकसँग के कस्तो कुरा हुन्छ ?

बच्चाहरुको दोश्रो घर भनेको उनीहरुको स्कुल हो । स्कुल नै यस्तो ठाउँ हो जहाँ बच्चाहरुले घरमा भन्दा बढी कुरा सिक्छन् । र, कुनै कुरा सिक्नको लागि पनि उनीहरुलाई राम्रो शिक्षकको आवश्यकता पर्छ । त्यसैले, बच्चाहरुलाई सोधौ,  उनीहरुलाई शिक्षक, शिक्षिकाले के भन्नु हुन्छ । ताकी उनीहरुको स्कुलको गतिविधिबारे तपाईलाई जानकारी होस् ।

लाइब्रेरीमा अन्तिम पटक कहिले गएका थियौ ?

स्कुलको लाइब्रेरीले पनि बच्चाको रुचीबारे धेरै कुरा बताउँछ । यसबाट पनि थाहा हुन्छ,  बच्चाको रुची कोर्सको किताबमा बाहेक पनि उसलाई अरु कुन कुन विषय मन पर्छ ।

आज मन नपर्ने कुरा के गर्‍यौं ?

स्कुलको प्रत्येक गतिविधिले बच्चाको मानसिक अवस्थाका बारेमा पनि धेरै कुरा बताउने गर्छ । यसले बच्चाको मानसिक अवस्थाबारे जानकारी हुनुका साथै उनीहरुको समस्या बुझ्न सहायता प्रदान गर्छ । साथै, स्कुलको गतिविधिकै कारण उनीहरुमा मानसिक तनाव त छैन भन्ने कुरा समेत तपाई थाहा पाउन सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment