Comments Add Comment

नाचिदेउ मैच्याङः यसरी नाचौं, भरपुर स्वस्थ्य-लाभ मिल्छ

जब रोमान्टिक गीत बज्छ, हाम्रो शरीरको अवयव त्यसै-त्यसै नाच्न थाल्छ । तामाङ सेलो घन्कदा होस् वा चुट्के ताल, नाचौं-नाचौं लाग्छ ।

कुनै उमंगमय क्षणमा हाम्रो शरीर नाच्छ । कुनै रमाइलो गीत बजाइदिनुपर्छ, अवोध बच्चासमेत नाच्न खोज्छन् । बुढाबुढी पनि नाच्न तम्सिन्छन् ।

नाच्दा के हुन्छ ?

हामीले अनुभूत गरेकै कुरा हो, नाच्दा मन फुरुंग हुन्छ । मन चञ्चल हुन्छ । तपाईंले कहिल्यै देख्नुभएको छ ? नाचिरहेको कोही व्यक्ति रिसाएको ? अर्थात रिसाएर, दुखी भएर, उदास भएर कोही नाच्छ ?

पक्कै नाच्दैन ।

जब हामी नाच्छौं, मन दंग हुन्छ । अनुहारमा हाँसो पोतिन्छ । तर, नाच्नुको फाइदा मनको शुद्धतासँग मत्र छैन । यो समग्र शारीरिक व्यायाम पनि हो । यस्तो व्यायाम, जसले रमाइलो र सजिलो ढंगले शरीरका मांसपेशी, जोर्नी, भित्री अंगहरु सबैलाई चलायमान बनाउँछ । नाचिरहँदा तपाईं/हाम्रो आँखा चञ्चल हुन्छ । ओंठमा मुस्कान हुन्छ । कान चनाखो हुन्छ । भनौं, सबै इन्दि्रयले नाचबाट एकसाथ आनन्द अनुभूत गर्छ ।

पप्पु कान्ट डान्स साला

नाच्ने कुरा गर्नसाथ कतिपय भन्छन्, ‘मलाई त नाच्न आउँदैन ।’

नाच्नु एक कला हो । नाचको विभिन्न शैली हुन्छन् । विधी हुन्छन् । कतिपय नाचमै परांगत हुन्छन् । कतिपय नाचबाटै ध्यान अर्थान मेडिटेशनको चरणमा पुग्छन् । भूगोल, संस्कृति र समाज अनुसार आ-आफ्ना शैलीको नाच छन् ।

तर, यी कुनैपनि किसिमको नाचबारे ज्ञान नहुनेले पनि नाच्न सक्छन् । नाच्नका लागि प्रशिक्षित हुनपर्छ भन्ने छैन । ढंग पुर्‍याएर नाच्नुपर्छ भन्ने पनि छैन । गीतको तालमा जसरी पनि नाच्न सकिन्छ । जसरी नाचे पनि हुन्छ । अन्ततः यसले फाइदा नै गर्छ ।

शारीरिक तन्दुरुस्तीको लागि

नृत्यलाई एक कला वा मनोरञ्जनको साधनको रुपमा मात्रै बुझ्ने गरिन्छ तर, नियमित नृत्य गर्ने हो भने हामीले आफ्नो शरीरलाई फिट एन्ड फाइन राख्न समेत सक्छौं ।

मानिसहरुले आफ्नो खुसी र भावनाहरुलाई व्यक्त गर्नको लागि पनि नृत्यको सहारा लिन्छन् । यति मात्रै होइन नृत्य एक किसिमको व्यायाम पनि हो, जसले तौल कम गर्न र फिट राख्न मद्दत गर्छ ।

नृत्यले हामीलाई मानसिक र शारीरिक दुवै तरिकाले स्वस्थ राख्न सहयोग गर्छ । यो एक किसिमको थेरापी पनि हो । नाच्दा शरीरका अंगहरु समूचित ढंगले सक्रिय हुन्छ । पसिना निस्कन्छ । मन चंगा हुन्छ । यसले हामीलाई तनावबाट मुक्ति दिलाउँछ । पाचन यन्त्र बलियो बनाउँछ । फोक्सो, मुटुको कार्य-संचालनमा सघाउ पुर्‍याउँछ ।

फिट रहन मनपर्छ तर, जिम जोइन गर्न मन छैन भने त्यसको विकल्प नृत्य हुनसक्छ । यसको लागि तपाईंले नृत्य प्रशिक्षण लिए हुन्छ । वा आफैले घरमा अभ्यास गरे पपिन हुन्छ । विन्दस ढंगले घरमै नृत्य गर्दा पनि त भयो ।

स्मरणशक्ति बढाउँछ

नृत्यलेे शरीरलाई राम्रो मात्रै बनाउँदैन । यसले स्मरण शक्तिलाई पनि प्रभावकारी बनाउन मद्धत गर्छ । नृत्यले बढ्दो उमेरसँगै हुने डिमेन्सियाको समस्यालाई पनि रोक्छ । एरोबिक्स गर्नु तपाईंको मस्तिस्कको लागि धेरै राम्रो हुन्छ ।

तनाव कम गर्छ

मानिसलाई तनाव महसुस भएमा वा यसबाट ग्रसित भएका मानिसलाई यस्तो समस्याबाट बाहिर ल्याउनको लागि नृत्यले मद्धत गर्छ । तनावलाई टाढा गर्नको लागि तपाईं कुनै पनि किसिमको डान्स गर्न सक्नुहुन्छ । यसले तपाईंलाई आनन्द महसुस हुन्छ ।

शरीर लचिलो बनाउँछ

नृत्यले मांसपेसीहरुलाई लचिलो बनाउन मद्दत गर्छ । नृत्य गर्नालेे शरीरमा लचिलोपन बढ्छ र दृढता कम हुन्छ । यसको लागि घरमा कैयौं किसिमको र्फममा नृत्य गर्न सकिन्छ ।

मुटुलाई स्वस्थ राख्छ

नृत्य एक क्रियाकलाप हो जसले कार्डियो भास्कुलर रोगहरुको खतरालाई कम गर्छ । मुटुलाई स्वस्थ राख्नको लागि तपाईं नृत्य गर्न सक्नुहुन्छ । यसले मुटु स्वस्थ रहन्छ र श्वासप्रश्वासको समस्या पनि टाढा हुन्छ ।

उर्जावान बनाउँछ

आफ्नो भावनाहरुलाई व्यक्त गर्नको लागि नृत्यको मद्दत लिन फाइदाजनक हुन्छ । यसले तपाईं रिल्याक्स महसुस गर्नुहुन्छ र शरीरमा उर्जा आँउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment