+
+

‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा सुरज वैद्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १६ गते १४:४९

१६ कात्तिक, काठमाडौं । सरकारले व्यवसायी सुरज वैद्यलाई भ्रमण वर्ष २०२० अभियानको राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शुक्रबार व्यवसायी वैद्यलाई तीन वर्षका लागि भ्रमण वर्ष २०२० को कार्यान्यवन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रहेका वैद्य सार्क उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको उद्योग सम्बन्धी समिति सदस्यका साथै चीनले अघि सारेको ओबीओआर परियोजनामा नेपालका तर्फबाट सदस्य छन् ।

०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरिएको थियो । घोषणा अनुसार सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा उक्त भ्रमण वर्षमा बीस लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्ष अभियानलार्इ प्रभावकारी बनाउन पर्यटन बाेर्डकाे कार्यालयमा सचिवालय स्थापना गरिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?