+

पीपीएलः पोखरा पल्टन चार विकेटले विजयी

२०७५ कात्तिक  १७ गते १२:३८ २०७५ कात्तिक १७ गते १२:३८
पीपीएलः पोखरा पल्टन चार विकेटले विजयी

१७ कात्तिक, पोखरा । काठमाडौं रोयल्सलाई चार विकेटले हराउँदै पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । १०४ रनको विजय लक्ष्य पोखराले १५.५ ओभरमा पूरा गर्‍यो ।

पोखराको सुरुआत निकै खराब थियो । कुशल भुर्तेलले १४, आरिफ शेख १६ र विनोद भण्डारीले शुन्य रनमा आउट भएका थिए । बलिङतर्फ अमरसिंह रौटेलाले तीन विकेट लिए ।

यसअघि पोखरा पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौले १९.१ ओभरमा १०३ रन बनाएको थियो । काठमाडौंको सुरुआत पनि खराब थियो । ओपनर जयकिशन कोल्सावाल र गौरव तमोरले खाता नै खोल्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रन बनाए । अमित श्रेष्ठले २१ र पवन सर्राफ १२ रनमा आउट भए ।

नरेश बुढाऐर ६, आदिल खान ७ र अमरसिंह रौटेला एक रनमा आउट । बसन्त रेग्मीले नटआउट १९ रन जोडे ।

बलिङतर्फ ललित राजवंशीले ३ र मोहम्मद नाभिदले २ विकेट लिए ।

शनिबार नै हुने दोस्रो खेलमा चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुने छ । खेलको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडीले गर्ने छ ।

क्रिकेट पीपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय