+
+
Shares

सरकारले न्यायपालिका र सेनालाई कमजोर बनायो : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १७ गते १७:२१

१७ कात्तिक, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले न्यायपालिका, सेना, सञ्चार क्षेत्रजस्ता मुलुकको संरचना कमजोर बनाउन खोजेको अराोप लगाएका छन् ।

उनले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउँदै सर्वसत्तावाद लाद्न खोजेको दावी गरे । सरकारकै कारण अहिले संवैधानिक सर्वोचता र शक्ति सन्तुलन खलबलिएको बताए पनि नेता कोइरालाको भनाइ छ ।

डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) प्रदेश-१ ले विराटनगरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले न्यायपालिका, आर्थिक संरचना, सेना र सञ्चारजगतलाई कमजोर बनाउने खेलमा सरकार अहिले लागेको दाबी गरे ।

उनले भने ‘लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउने क्रममा अहिले सरकारको प्रहार नेपाली सेनालाई कमजोर बनाउने खेलमा लागेको देखिन्छ ।’

उनले सम्पत्ति शुद्धीकरणलगायतका महत्वपूर्ण निकाय प्रधानमन्त्रीले आफू मातहतमा ल्याएर मुलुकमा भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेको पनि बताए । ‘न्यायपालिका निरीह बनेको छ, मिडियामाथि पनि हस्तक्षेप भइसकेको छ । सम्पत्ति शुद्धीकरण आफू मातहत ल्याउने काम भएको छ’, कोइरालाले भने, ‘अब नेपाली सेनालाई पनि कमजोर बनाउने खेलमा सरकार लागि परेको छ ।’

उनले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाएर सरकार मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद जबरजस्ती लाद्न उद्धद देखिएको  पनि बताए ।

नेता कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई एउटै ठाउँमा केन्दि्रत गर्नेतर्फ सरकार अग्रसर भइरहेको उल्लेख गरे ।
‘सबै शक्ति आफूमा केन्दि्रत गर्न प्रधानमन्त्री केपी ओलीजी लागिरहनुभएको छ’, उनले भने, ‘यसले मुुलुकलाई बवार्दीको बाटोमा लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?