+
+
Shares

ओम हस्पिटलमा ७३ वर्ष पुगेका चिकित्सकलाई अनिवार्य अवकाश

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १७ गते १८:१३

१७ कात्तिक, काठमाडौं । काठमाडौंको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले  ‘ओम हस्पिटल चिकित्सक कार्यविधि २०७५’ कार्यान्वयनमा ल्याएको छ ।

विशेषज्ञता हासिल गरेका युवा र दक्ष चिकित्सकको आकर्षण बढाउन, तिनलाई प्रोत्साहित गर्न र हस्पिटलले प्रवाह गर्ने स्वास्थ्य सेवालाई आधुनिक, प्रभावकारी र प्रविधि मैत्री बनाउन कार्यविधि कार्यान्वयनमा ल्याएको हस्पिटलले जनाएको छ ।

अब कार्यविधिअनुसार हस्पिटलले ७० वर्ष उमेर पुगेका चिकित्सकलाई सेवामा प्रवेश नदिने निर्णय पनि गरेको छ । त्यस्तै हस्पिटलमा कार्यरत चिकित्सकलाई ७३ वर्ष उमेर पुगेको अवस्थामा अनिवार्य अवकाशको व्यवस्था गरिएको प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले प्रेस नोटमार्फत जानकारी दिएका छन् ।

त्यस्तै हस्पिटलले हालको भवनसँगैको जग्गामा १० तले अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त अपांगमैत्री हेलिप्याडको सुविधासहितको भवन निर्माण गर्ने पनि निर्णय गरेको छ । हस्पिटलले तीन महिनाभित्र सञ्चालनमा ल्याउने गरी एमआरआई क्याथ ल्याब जडान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?