+
+
Shares

जनकपुर जयनगर रेल चलाउन डिब्बा भाडामा लिइने

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १७ गते १८:२२

१७ कात्तिक, काठमाडौं । रेल विभागले जनकपुर जयनगर रेल ट्रयाकमा रेलको इन्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरेको छ ।

आगामी महिनादेखि पुर्णतया सञ्चालनमा आउने गरी जनकपुर जयनगर रेलवे ट्रयाक निर्माणको काम भइरहेको छ । ट्रयाक बने पनि रेलको इन्जिन, डिब्बा र आवश्यक जनशक्तिको प्रबन्ध गर्न नसक्दा सुरुवाती चरणमा तेस्रो पक्षसंग भाडामा लिनुपर्ने अवस्था सिर्जना भएको हो ।

तत्कालका लागि रेल सञ्चालनको पुरै जिम्मा तेस्रो पक्षलाई दिने वा रेलको इन्जिन, डिब्बालगायत आवश्यक सामग्रीसहितको जनशक्ति तेस्रो पक्षबाट भाडामा लिएर रेल सञ्चालन गर्ने भन्ने बारेमा विभागले अन्तिम निर्णय भने गरिसकेको छैन ।

तर तत्कालका लागि रेल सेवा सञ्चालन गर्न आवश्यक इन्जिन, डिब्बालगायत जनशक्ति पनि नभएकाले भाडामा लिनुको विकल्प नभएको रेल विभागका प्रवक्तासमेत रहेका सिनियर डिभिजन इन्जिनियर अमन चित्रकारले बताए ।

प्रवक्ता चित्रकारले दीर्घकालीन रुपमा रेल सेवा सञ्चालनका लागि ट्रेनसेट किन्नुपर्ने र आवश्यक जनशक्ति पनि तयार पार्नुपर्ने भएकाले त्यसतर्फ लगानी बढाउनुपर्ने बताए ।

पहिलो चरणमा धनुषाको जनकपुर नजिक कुर्धादेखि भारतको जयनगर सम्मको रेल ट्रयाकको स्तरोन्नतिको काम भइरहेको हो । यो खण्डको रेल ट्रयाक स्तरोन्नतीको काम आगामी महिना सकिदैछ ।

दोस्रो चरणमा धनुषको कुर्थादेखि महोत्तरको भंगाहासम्म र तेश्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म रेल ट्रयाक निर्माण गरिने छ । त्यसपछि महोत्तरीको बर्दिवासबाट जनकपुर हुँदै जयनगरसम्म रेल सञ्चालन हुनेछ ।

यसका साथै जोगबनी विराटनर, नौतनवा भैरहवा र नेपालगञ्ज रोडदेखि नेपालगञ्जसम्म पनि नेपाल भारत जोड्ने अन्तरदेशीय रेलवे सेवा सञ्चालन गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?