Comments Add Comment

रियल मड्रिडको विजयी यात्रा सुरु, रियल भालाडोलिड २–० ले पराजित

१८ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लगातार हार ब्यहोरेको रियल मड्रिडले जित निकालेको छ ।

ला लिगाको पछिल्लो ५ खेलमा १ खेलमा बराबरी र ४ खेलमा लगातार हार ब्यहोरेको रियल मड्रिडले शनिबार राति भने रियल भालाडोलिडलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी यात्रालाई फेरी अगाडि बढाएको छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा भने रियल मड्रिडले गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गर्न सफल भयो । रियलको जितमा ओलिभइरा जुनियर र सर्जियो रामोसले गोल गरे ।

खेलको ८३औं मिनेटमा जुनियरले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको करिब ५ मिनेटपछि अर्थात खेलको ८८औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीबाट गोल गर्दै अग्रता रियललाई २–० गोलको जित दिलाएका हुन् ।

केही दिनअघि मात्रै रियलले प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गरेको थियो । अहिले सान्टियागो सोलारीले रियललाई हेरी रहेका छन् । उनकै प्रशिक्षणमा रियलले विजयी यात्रा फेरी सुरु गरेको हो ।

११ खेलबाट १७ अंक बनाएको रियल लिगको छैटौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment