+
+
Shares

काभ्रेबाट १ लाख ६६ हजारसहित ११ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १८ गते ८:५८

१८ कात्तिक, काभ्रे ।  काभ्रेबाट १ लाख ६६ हजार नगदसहित ११ जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको नमोवुद्ध नगरपालिका–९ स्थित फेदीमा स्थानीय जितापसिंह तामाङको घरमा गएराति जुवाको खाल बसेको सूचनाका आधारमा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार घरधनी जितापसिंह तामाङ, पाँचखालका सोम तामाङ, नमोबुद्ध १० का सुकमान तामाङ, तेजबहादुर तामाङ, सुकमान लामा, प्रकाश श्रेष्ठ, पदम लामा, राजु लामा, विनोद लामा, चन्द्र लामा र कृष्णबहादुर अधिकारीलाई आइतबार बिहान जुवाको खालबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविराज खड्काका अनुसार पक्राउ परेका ११ जनालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?