Comments Add Comment

प्रहरीले विथोल्यो शाहरुख खानको जन्मदिन पार्टी

बलिउड अभिनेता शाहरुख खानले शुक्रबार आफ्नो ५३ औं जन्मदिन मनाए । तर, उनले आफ्ना निकट साथी र आफन्तलाई दिएको जन्मदिन पार्टी भने मुम्बई प्रहरीले विथोलिदिएको छ । भारतीय मिडियाहरुका अनुसार शाहरखले एउटा शुक्रबार राति भव्य पार्टीको आयोजना गरेका थिए । सो पार्टीमा शाहरुखका परिवार सदस्य, आफन्त र बलिउडका थुप्रै हस्तिहरु उपस्थिति थिए । तर, प्रहरीले रेस्टुरेन्टमा हस्तक्षेप गरेपछि पार्टी बीचमै भताभूंग भयो ।

रेस्टुरेन्टभित्र राति अबेरसम्म ठूलो स्वरमा म्युजिक बजाएको भन्दै प्रहरीले हस्तक्षप गरेको हो । नियमअनुसार राति १ बजेसम्म मात्रै रेस्टुरेन्ट खोल्न पाइन्छ । तर, शाहरुखले रातभर पार्टी गर्ने योजना बनाएका थिए । उनको योजनामा प्रहरी बाधक बनिदियो ।

यसअघि शाहरुखले आफ्नो घरमै पनि पार्टी राखिसकेका थिए । सो पार्टीमा आमिर खान, अर्जुन कपुर, करिना कपुर, सञ्जय लिला भन्साली, कट्रिना कैफ लगायत उपस्थित थिए । जन्मदिनकै अवसर पारेर शाहरुखले आफ्नो नयाँ फिल्म ‘जिरो’ को ट्रेलर सार्वजनिक गरेका छन् । उक्त ट्रेलरले युटुबमा धमाका मच्चाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment