Comments Add Comment

गलत गर्ने कोही बाँकी रहँदैनन्ः अख्तियार प्रमुख घिमिरे

१८ कात्तिक, कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आफूहरुले सुक्ष्म निगरानी गरिरहेको भन्दै गलत गर्ने कसैलाई छुट नहुने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा कार्यालय प्रमुखहरुलाई इमान्दारिता पूर्वक आफ्नो जिम्मेवारी निर्बाह गर्न निर्देशन दिदै प्रमुख आयुक्त घिमिरेले गलत गर्ने कोही नबच्ने बताए ।

धनगढीमा आइतबार आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बर्द्धन सम्बन्धी अन्तरकृयामा प्रमुख आयुक्त घिमिरेले पहिले थुन अनि सुनको अवधारणमा आफूले काम गरिरहेको बताउँदै पर्याप्त प्रमाणहरु पुगेको अवस्थामा पहिले थुन्ने र त्यसपछि मात्रै बाँकी अनुसन्धान अघि बढाइने बताए ।

कन्चनपुरको महेन्द्रनगरमा नवनिर्मित भवनको उद्घाटन गर्न आइतबार धनगढी पुगेका प्रमुख आयुक्तले भ्रष्टाचार हुने गरेको सूचना आइरहेकोले गैरसरकारी संस्थाहरुको पनि निगरानी गर्न पाउनुपर्ने बताए ।

गैससको निगरानी गर्नका लागि अहिले मन्त्रिस्तरिय बैठकमा प्रस्ताव लगिएको भन्दै उनले प्रस्ताव पारित भए गैरसरकारी संस्थाहरुमा समेत अख्तियारको निगरानी बढाउने बताए ।

सोही कार्यक्रममा उनले जनताले वडास्तरबाटै सुशासनको महशुस गर्न पाउनु पर्ने बताएको छन् ।

धनगढीमा आइतबार आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बर्द्धन सम्बन्धी अन्तरकृयामा प्रमुख आयुक्त घिमिरेले स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरुलाई सुशासन सम्बन्धी जानकारी गराइएको बताउँदै उनले अब जनताले महशुस गर्ने गरी त्यस्ता कार्यक्रमहरुलाई वडास्तरमा समेत संचालन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment