१८ कात्तिक, काठमाडौं । रिलायन्स लाइफइन्स्योरेन्स लिमिटेडले ७ ठाउँमा नयाँ शाखा विस्तार गरिएको छ । कम्पनिले धनगढी, महेन्ऽनगर, दैलेख, डडेल्धुरा, टिकापुर, नेपालगंज, सुर्खेत, दैलेखमा आˆनो शाखाहरुको उद्घाटन गरेको हो ।
कम्पनिका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले संयुक्त धनगढी शाखाको उद्घाटन गरे ।
त्यसैगरी कम्पनिका नायब कार्यकारी अधिकृत निराजन कंडेलको साथमा महेन्द्रनगर शाखाको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, डडेल्धुरा शाखाको अमरगढी नगरपालिकाका मेयर विश्वेश्वर प्रसाद ओझा, दैलेख शाखाको जिल्ला समन्वय समितिका कायममुकायम प्रमुख बालकृष्ण केसी र प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पोख्रेल उद्घाटन गरे ।
यस्तै टिकापुर शाखाको टिकापुर उपमहानगरपालिकाका उपमेयर केशरी विष्ट रावल, नेपालगंज शाखाको नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, सुर्खेत शाखाको प्रदेश नम्बर ६ का आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशज्वाला वुढाथोकीले उद्घाटन गरे ।
उद्घाटन समारोहमा कम्पनिका पदाधिकारी र स्थानियको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4