Comments Add Comment

नविन प्रविधिको प्रयोगले मुटुरोगबाट हुने मृत्युदर घटाउँछः डा. कपुर

१८ कात्तिक काठमाडौं । मुटुरोग विशेषज्ञ डा. रजनिश कपुरले मुटुरोगका बिरामीलाई बारम्बार अस्पताल धाउन नपर्ने गरी घरैबाट उपचारको थालनी गर्न सकिने बताएका छन् । मुटुरोग सम्बन्धि एक कार्यशालामा नेपाल आएका चर्चित भारतीय विशेषज्ञ कपुरले मुटुरोग लागेका सबै मानिसहरुको हृदयघातको कारण मृत्यु नहुने पनि बताए ।

उनका अनुसार प्रायजसो मुटुरोगीहरु मुटुले राम्रोसँग रगत प्रवाह नगर्ने समस्याबाट पीडित छन् । बिरामीको स्वास प्रश्वासको गति ढिलो हुने लक्षण देखिएपछि चिकित्सकलाई भेट्न आँउदा उपचारको लागि धेरै ढिला हुनसक्ने भएकाले प्रविधिको सहयोगमा घरबाटै उपचार थालनी गर्नुपर्ने उनले बताए ।

उनका अनुसार बजारमा छिटै आउन लागेको नयाँ प्रविधि ‘भेस्ट’ले विरामीको कपडाको माथि लगाएर फोक्सोमा भएको क्रियाकलापलाई परीक्षण गर्ने गर्दछ ।

‘जब मुटुले राम्ररी रगत प्रवाह गर्न छोडछ, तब श्वासप्रश्वास तथा अन्य कारण फोक्सोमा तरल पदार्थ थुपि्रन थाल्छ । यो प्रक्रिया बिरामीले चालै नपाई एक दुई हप्ता अघिनै शुरु भई सकेको हुन्छ, त्यसैले उपचारको लागि हतारिनु भन्दा नयाँ प्रविधिको ‘भेस्ट’ प्रयोग गरेर ३ मिनेटमै लक्षणहरु थ्ााहा पाउन सकिन्छ’, उनले भने ।

यसरी लक्षण थाहा पाएपछि औषधी उपचार, खानपिनमा संयमता लगायत सजगता अपनाउन सकिने उनले बताए । हरेक मनिसले तनावरहित जीवनशैली बाँच्न प्रशस्त फलफूल तथा सागसब्जी खाने, नियमित व्यायाम गर्ने धुम्रपान तथा मद्यपान त्याग्ने, प्रशस्त झोलिलो पदार्थ पिउने, पर्याप्त सुत्ने र तनावरहित जीवन जिउनु पर्नेमा पनि उनले जोड दिए ।

अध्ययन अनुसार प्रत्येक वर्ष नेपालमा ४ मध्ये १ जनाको मृत्युको कारण हृदय रोग हुने गरेको छ । हृदय रोग जोखिम कारकहरुको वृद्धिले गर्दा सन् २०३० सम्ममा यो दर बढेर ३५ प्रतिशतसम्म पुग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment