Comments Add Comment

सनिल र सुमनको जोडीले जित्यो यल कप ब्याडमिन्टन

१८ कात्तिक, काठमाडौं । नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडी ‘१० औं यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगितामा पुरुष युगलमा उपाधि जितेका छन् ।

सनिल र सुमनको जोडीले आफ्नै क्लबका गत संस्करणका विजेता ससिन डङ्गोल र सुमित शाक्यको जोडीलाई २१-१७, २०-२२ र २१-१५ ले पराजित गर्दै विजयी भएका हुन् ।

दथुलंका राजु बज्राचार्य र सुमित महर्जन तथा रत्नकाजी बज्राचार्य र संदीप शाक्यको जोडी संयुक्त तेश्रो भए । सनिल र सुमनको जोडीले रनिङ ट्रफीमा नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रो स्थानमा रहने ससिन र सुमितले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । तेश्रो हुने राजु र सुमित तथा रत्नकाजी र संदीपले नगद १०/१० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र जिते ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको यु-१५ एकल प्रतिस्पर्धामा पनि नागबहालका सहज शाक्यले बाजी मारे । सहजले आफ्नै क्लबका सुजल शाक्यमाथी २१-१५, १३-२१ र २१-१७ को जित निकाले । तेश्रो स्थानमा नागबहालकै श्रवण शाक्य तथा प्रयाग पोखरीका पुजन चित्रकार रहे ।

यस्तै मिक्स युगल तर्फ दथुलंका राज बज्राचार्य र यास्ना डङ्गोलको जोडी सोही क्लबका सुमित महर्जन र लिपी बज्राचार्यको जोडीलाई २१-१८, २१-१४ ले पराजित गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भए । नागबहालका सुमन शाक्य र प्रकृती शाक्यको जोडी तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडीले तेश्रो स्थान प्राप्त गरे ।

यु-१५ र मिक्स तर्फका शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश : नगद १०, ७ र ४ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

भेट्रान्स तर्फको प्रतिस्पर्धामा मंगलबजारका वीरेन्द्रलाल श्रेष्ठ र किशोर ब्यञ्जनकारको जोडी स्वर्ण प्राप्त गर्न सफल भयो । श्रेष्ठ र ब्यञ्जनकारको जोडीले नागबहालका सुदिम शाक्य र प्रविण शाक्यको जोडीलाई २१-१७, २४-२२ ले पाखा लगाउन सफल भयो ।

प्रयाग पोखरीका पूर्ण भक्त चित्रकार र कमल राजकणिर्कार तथा ओकुबहालका कमल शाक्य र राजेश शाक्यको जोडीले कास्य पाए । विजयी तीन स्थानकाले मेडल, ट्रफी र प्रमाण पत्रका साथै नगद १५ हजार, १० हजार र ५ हजार हात पारे ।

विजयी खेलाडीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर प्रमुख जिल्ला अधिकारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, मोहन बहादुर शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment