+
+
Shares

कांग्रेस विधानः केन्द्रीय सदस्य पनि वडाबाटै चुनिएर आउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १८ गते २१:३१

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वडा तहबाट चुनिएर आउनुपर्ने भएको छ ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान हटाउने प्रस्ताव गरेको छ ।

समितिको आइतबार बसेको बैठकमा पेश भएको विधान परिर्माजित मस्यौदामा महाधिवेशन प्रतिनिधि हुन केन्द्रीय सदस्य पनि चुनिएर आउनु पर्ने प्रावधान छ ।

समितिका सदस्य आनन्दप्रसाद ढुंगानाका अनुसार सुरुमा वडा तहको चुनावले क्षेत्रीय प्रतिनिधि चुन्नेछ ।

केन्द्रीय सदस्यले यो चुनाव लड्नुपर्छ । क्षेत्रीय प्रतिनिधिलाई प्रदेश वा केन्द्रीय महाधिवेशन प्रतिनिधि र जिल्ला सभापति लड्ने अधिकार हुन्छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि स्वतः पदेन प्रदेश महाधिवेशन प्रतिनिधि हुनेछन् । तर, प्रदेश महाधिवेशन प्रतिनिधि चुनिएकाहरु केन्द्रीय महाधिवेशनमा आउँदैनन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिको हकमा प्रदेश कमिटीमा चुनाव लडेर हारेमा भने केन्द्रमा उम्मेदवार हुन पाइने छैन ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएकाहरुले केन्द्रीय सदस्यको चुनाव लड्न पाउनेछन् ।

मस्यौदामा पार्टीको केन्द्रीय पदाधिकारीको संख्या र निर्वाचन पद्धती अहिलेकै कायम राख्ने प्रस्ताव गरिएको छ । यद्यपि बैकल्पिक प्रस्तावका रुपमा पदाधिकारी बढाउने र सबै निर्वाचित हुने पनि राखिएको छ ।

क्रियाशील सदस्य खारेजको प्रस्ताव विधान संशोधन मस्यौदामा गरिएको छ । कांग्रेस सदस्य मात्र हुने भनिएको छ । तर, मतदानको अधिकार भएको र नभएको भनि छुट्याइएको छ । मतदानको अधिकार सदस्यको सक्रियताका आधारमा हुने भनिएको छ ।

त्यसका आधारमा कुन सदस्यलाई मतदान अधिकार दिने भन्ने नेताले तय गर्नेछ । यसले क्रियाशील सदस्य खारेज गरेपनि दुई खाले सदस्य कायम रहने देखिएको छ । विधान मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले भने पार्टीका सबै सदस्यको अधिकार समान हुनुपर्ने आफ्नो मत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?