Comments Add Comment

जन्मदिनमा आकाश भन्छन्-‘पहिलेको भन्दा ५० गुणा बढी माया पाएको छु’

चलचित्र ‘म त तिम्रै हुँ’बाट नेपाली रजतपटमा प्रवेश गरेका नायक आकाश श्रेष्ठले आज आफ्नो २५ औं जन्मदिन मनाउँदैछन् । आकाशले यसपछि ‘तिमी सँग, ब्ल्याक, रामकहानी, ड्रिम गर्ल’ नामक चलचित्रमा काम गरिसकेका छन् । अब, उनी चलचित्र ‘विर विक्रम २’को लिड भूमिकामा देखिदैछन् ।

उनै, आकाश आफूले यो बर्ष जन्मदिन मनाइरहँदा धेरै माया पाएको बताउँछन् । आकाशले भने-‘हो, ,पहिलेको भन्दा ५० गुणा धेरै माया पाएको छु । यसलाई म फ्यान बढेको भन्दा पनि माया पाएको भनेर वुझ्छु ।’

आकाशले २५ बर्षको उमेरमै आफूले सफलता हात पारिनसकेको बताउँछन् । अझै, पनि आफूले धेरै नै गर्न बाँकी रहेको उनले सुनाए ।
आकाशको आज जन्मदिनको अवसरमा खासै त्यस्तो योजना छैन । तर, उनी साथीभाइको सरप्राइजको प्रतिक्षामा भने देखिएका छन् ।

नायिका पूजा शर्मासँगको सम्बन्धको बारेमा आकाश भन्छन्-‘पूजा र मेरो बिहे होस् भनेर दर्शकले पनि चाहनु भएको छ । तर, अहिले मैले यो बिषयमा सोचेको छैन । दर्शकले त मलाई अहिले ‘आकु भेना’ समेत भन्न थाल्नु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment