Comments Add Comment

प्रदेश ५ का उपमहानगरहरुमा ‘नो हर्न’ नीति ल्याउँदै प्रदेश प्रहरी

१९ कात्तिक, बुटवल । प्रदेश ५ मा रहेका उपमहानगरपालिकाहरुमा ‘नो हर्न’ को नीति ल्याउने तयारी गरिएको छ ।

प्रदेश ५ मा ट्राफिक ब्यबस्थापनमा नयाँ ठोस योजनामा नयाँ नियम ल्याउने तयारी गरिएको भन्दै प्रदेश ५ का प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीले ‘नो हर्न’ को तयारी गरिउको जानकारी दिएका हुन् ।

डीआईजी अधिकारीले ‘नो हर्न’ एरिया तोक्ने र स्पीड नियन्त्रण गर्ने अभियान केही दिनमा सुरु हुने बाए ।

वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै डीआईजी अधिकारीले प्रदेशमा लागू औषध, सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रुपमा रहेकोले न्युनिकरणतर्फ रणनीति बनाएर लागेको बताए ।

अर्काे प्रशंगमा चाडपर्वमा अवाञ्छित गतिबिधि गर्ने छुट कसैलाई नहुने बताएका छन् । ‘पटका ल्याउन, बेच्न, पट्काउन केही गर्न पनि पाइँदैन । यो ५ दिनको अबधिमा २ लाख २७ हजार ५ सय १७ मूल्यको बराबरको पटका बरामद गरेका छौं ।’ उनले भने ।

बउनले तिहार छठ, नेपाल सम्बत जस्ता चार्डपर्वको मौकामा संगठित अपराध गर्नेलाई कानुनी कठघरामा ल्याएरै छाड्ने ठोकुवासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment