+
+
Shares

फूलैफूलको मौसम तिमीलाई …. (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १४:२२

१९ कात्तिक, काठमाडौं । नागार्जुन नगरपालिका ६ नयाँ गाउँ र इचंगुनारायणका किसानलाई हिजोआज भ्याइ नभ्याई छ ।

आजदेखि तिहार सुरु भएकाले उनीहरुको कमाइ गर्ने मुख्य समय पनि हो यो । स्थानीय सुनिता तामाङले दुई बोरा फूल टिपेर राखेकी छन् । उनलाई खाना खाना हतार भइसक्यो । त्यसपछि यो फूल बेच्न बजार जानुछ ।

कृष्ण तामाङ, कृतिका तामाङ पनि फूल टिप्दै थिए । कृष्णले बसन्तपुरमा फूल बेच्ने गर्छन् । वीरबहादुर गिरी, रमा तामाङ, श्याम तामाङलगायत नागर्जुन ६ नयाँ गाउँ र इचंगुनारायणका अन्य किसानको दैनिकी उस्तै छ ।

तिहारको बेला फूल बढी खपत हुने भएकोले त्यहाँका किसानहरुलाई व्यस्त छन् । काग तिहारको अघिल्लो दिनदेखि गोरु तिहारसम्म खाना खान पनि फुर्सद नहुने कृष्ण तामाङ बताउँछन् । उनीहरुको आम्दानी गर्ने मुख्य समय पनि यही हो ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?