News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी २१६ मत प्राप्त गरी विजयी भएका छन्।
- महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित, उपाध्यक्षमा शिवहरि बैरागी १४६ मतसहित विजयी भएका छन्।
- महासचिवमा सुनील कटुवाल, सचिवमा गोपाल ढकाल, कोषाध्यक्षमा तेजुला खतिवडा र सहकोषाध्यक्षमा पवन केसी विजयी भएका छन्।
काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । आइतबार अबेर राती घोषित मतपरिणामअनुसार केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए ।
उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो ।
महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित विजयी भएकी छन् । यस्तै उपाध्यक्षमा शिवहरि बैरागी १४६ मतसहित विजयी भएका छन् ।
महासचिवमा सुनील कटुवाल १९५ मतसहित विजयी भए । सचिवमा गोपाल ढकाल २१४ मत प्राप्त गर्दै विजयी भएका छन् ।
कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मतसहित विजयी हुँदा सहकोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित विजयी भएका छन् ।
सदस्यमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4