+
+
Shares

रत्ननगरमा तीन लाखसहित १६ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १५:१२

१९, कात्तिक, चितवन । चितवनको रत्ननगर नगरपालिका-९ बाट करिब तीन लाख नगदसहित १६ जना जुवाडे पक्राउ परेका छन् । जुवाको खालबाट १ लाखको चेकसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीको संयुक्त टोलीले जुवाडेहरुसहित नगद पक्राउ गरेको हो ।

विषेश सुराकीका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।

रत्ननगर-९ का शुकराम दराईको घरमा च्यानलगेट लगाएर जुवा खेल्दै गर्दा विद्युत प्राधिकरणबाट लगिएको भर्‍याङबाट चढी उनीहरुलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले चाडवाडमा हुने जुवातास नियन्त्रणका लागि विषेश टोलीनै गठन गरेको प्रहरी प्रमुख एसपी सुशिल सिंह राठौंरले जानकारी दिए ।

पछिल्लो एक हप्ता जिल्लाका विभिन्न ५ स्थानबाट जुवा खेल्नेलाई पक्राउ गरेर मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्धा चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?