+
+
Shares

वीरगञ्ज नाकाबाट डेढ करोडको फूल आयात

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १८:३०

१९ कात्तिक, वीरगञ्ज । पुष्प व्यवसायीहरुले फूलमा नेपाल आत्मनिर्भर बन्दै गएको बताएपनि ठूलो परिमाणमा फूल आयात हुने गरेको पाइएको छ । देशकै प्रमुख भन्सार नाका वीरगञ्जबाट चाडपर्वलाई लक्षित गरेर झण्डै डेढ करोड मूल्य बराबरको फूल आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवका अनुसार चालु आर्थिक वर्ष ०७५/७६ को साउनदेखि हालसम्म २ लाख ७८ हजार किलो फूल आयात भएको हो । जसको १ करोड ४० लाख मूल्याङकन गरिएको छ । फूलबाट वीरगञ्ज भन्सार कार्यालयले ७ लाख १२ हजार रुपैयाँ राजश्वसमेत संकलन गरेको छ ।

फूलको आयात अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधीमा नाका हुँदै २ लाख ३४ हजार किलो फूल आयात भएको थियो । ७३ लाख मूल्य बराबरको फूल आयातबाट कार्यालयले ३ लाख ५० हजार राजश्व संकलन गरेको थियो ।

फूलको अयात बर्षेनी बढ्दै गएको तथ्याङक छ । सूचना अधिकारी यादवका अनुसार आयात बढेका कारण फूलबाट राजश्व पनि सोही अनुसारकै संकलन भइरहेको छ । ‘फूल आयात गर्दा ५ प्रतिशत भन्सार लाग्छ, सँगै ५ प्रतिशत अग्रिम आयकर पनि बुझाउनुपर्ने नयाँ व्यवस्था छ,’ उनले भने, ‘त्यसले गर्दा अघिल्लो वर्षको तुलनामा आयात धेरै नबढेपनि दोब्बर राजश्व संकलन भएको देखिन्छ ।’

चाडवाडका लागि लक्षित गरेर वीरगञ्ज भन्सार नाका हुँदै भारतबा सयपत्री, गोदावरी लगायतका फूल व्यापारीहरुले आयात गर्ने गरेका छन् । पछिल्लो समयमा बजारमा प्लाष्टिकका फुल पनि देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?