Comments Add Comment

तिहारपछि सरकारको कामले गति लिन्छ: माधव नेपाल

१९ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले तिहारपछि सरकारको कामले गति लिने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले वर्षा सकिएकाले अव सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिने दावी पनि गरे ।

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनको चियापान कार्यक्रममा सहभागी भएका उनले संचारकर्मीमाझ सरकारले जनताको समस्यालाई सम्बोधन गर्न ढिलाइ नगर्ने दावी पनि गरे ।

नेता नेपालले सरकारले जनताको अपेक्षा अनुसार कामअघि बढाओस् भन्ने आफूहरुले चाहेको पनि बताए ।

वरिष्ठ नेता नेपालले सरकारको कामको मूल्यांकन गर्ने बेला नभएको टिप्पणी पनि गरे । जनताको समस्या समाधान गरेर अघि बढनुको विकल्प सरकारसँग नरहेकोे नेपालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment