+
+
Shares

क्यानडाको आकासमा ठोक्किए दुई हवाईजहाज, एक पाइलटको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते ९:४३

२० कात्तिक, काठमाडौं । क्यानडाको राजधानी ओटावाको आकासमा दुईवटा हवाईजहाज ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा एकजना पाइलटको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ओटावाको करिब ३० किलोमिटर पश्चिम कार्प ओन्टारियोमा दुईवट हवाई जहाज ठोक्किएका हुन् । एउटा हवाई जहाज भुइँमा खसेर पाइलटको मृत्यु भए पनि अर्को हवाई जहाजलाई भने ओटावाको अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको छ ।

दुर्घटना पछि प्रहरीले राजमार्गको एक खण्डलाई बन्द गराएको थियो । पैदल यात्रुहरुलाई पनि सुरक्षित रहन भनिएको थियो ।

तर, आकासमै हवाई जहाज ठोक्किनुको कारण भने पत्ता लागेको छैन । क्यानडाका सरकारी अधिकारीहरुले दुर्घटनाको जाँच भइरहेको बताएका छन् । मध्य आकाशमा हवाई जहाज ठोक्किनु दुर्लभ मानिन्छ तर कहिलेकाहिँ यस्ता दुर्घटना हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?