Comments Add Comment

२२ वर्षे युवकले खोले आफ्नै घरमा बिरालो होटेल

भेटेरिनरी चिकित्सा विषय अध्ययनरत एक २२ वर्षीय विद्यार्थीले आफ्नो घरमा बिरालोका लागि विशेष होटेल खोलेका छन् ।

उक्त होटेलमा बिरालो राख्नका लागि एक रातको चार डलर मूल्य तिर्नुपर्दछ ।

यो समाचार द्वन्द्वग्रस्त मुलुक इराकको हो । अहमद तारेक मक्की नामका ती छात्रले आफ्नो घरमा खोलेको उक्त बिरालो होटेलमा बिरालोहरुका लागि हरेक खालका सुख सुविधा उपलब्ध छन् । नरम ओछ्यान तथा मनपर्ने खानेकुरा देखि औषधि उपचारसम्म ।

बिरालोहरु खेल्नका लागि खेल मैदान पनि रहेको छ । खेल मैदानमा एसीको व्यवस्था गरिएको छ । साथै घाँसे चौरमा खेल्ने सुविधा पनि छ ।

यो बिरालो होटेल सञ्चालनपछि मानिसहरुमा बिरालो पाल्ने रुची पलाउने विश्वास उनको छ । किनकि घर छाडेर कतै जाँदा उक्त होटेलमा आफ्नो बिरालो छाड्न सक्नेछन् ।

बिरालो होटेल खुलेपछि त्यहाँका पशुप्रेमीहरु खुसी छन् । सुरुमा त केहीले त्यसको विरोध गरेका थिए । तर जब त्यहाँ पुर्याइने बिरालोहरुले पाउने सुविधा र स्याहारका बारेमा चर्चा भयो मानिसहरुको विरोध साम्य भयो ।

उक्त होटलमा अब छिटै कुकुर र पंक्षीहरुका लागि पनि सेवाको व्यवस्था सुरु गरिने बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment