+
+
Shares

उफ् कत्ति महंगो ! तिहारमा सयपत्रीको माला (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते ११:४५

२० कात्तिक, काठमाडाैं ।  भनिन्छ, तिहार फूलैफूलको पर्व हो । फूलमालाको अत्यधिक र अनिवार्य प्रयोग हुने भएकाले होला त्यसो भनिएको छ । काग, कुकुर, लक्ष्मी, गोवर्धन, म्ह पूजा होस् या भाइटीका होस् फूलको प्रयोग हुन्छ । त्यतिमात्रै होइन घर, पसल वा कार्यालय सजाउन पनि फूलको नै प्रयोग हुन्छ । त्यसैले अरु दिनको तुलनामा तिहारमा फूलको माग अत्यधिक हुन्छ ।

उपभोक्ताको उच्च मागलाई मध्यनजर गर्दै शहर बजारमा जताततै फूलको व्यापार भइरहेको देख्न सकिन्छ ।

काठमाडौंका कालीमाटी, बल्खु, टुकुचाका तरकारी बजारमा समेत फूलको व्यापार भइरहेको छ । त्यतिमात्रै होइन, असन, जमल, बानेश्वर, मंगलबजार, बालाजुका सडकमा हिँड्दा पनि फूलका भारी बोकेर ग्राहक बोलाउँदै हिँडेकाहरु ठोक्किन आइपुग्छन् ।

फूलको चाड तिहारमा गोदावरी, सयपत्री र मखमली फूलको अत्यधिक प्रयोग हुन्छ । फ्लोरिकल्चर एशोसियसनका अनुसार व्यवसायिक उत्पादन बढ्दै गएकाले अघिल्लो वर्ष जस्तो यस वर्ष फूलको आयात गर्नु नपरेको जनाएको छ ।

राजधानीमा सयपत्री फूलकाे  मूल्य भने निकै महंगो भएकाे उपभोक्ताहरूकाे गुनासो छ । एउटा मालालार्इ ५० रूपैयाँदेखि अढाइसय रूपैयाँसम्म लिने गरेको पाइएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?