+
+
Shares

कृषि क्षेत्रको विकासका लागि सरकारले आवश्यक लगानी गर्छः मन्त्री विष्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते १३:३७

२० कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कृषि क्षेत्रको विकासका लागि सरकार आवश्यक लगानीको व्यवस्था गर्न क्रियाशील रहेको बताएका छन् ।

मन्त्री विष्टले कृषिजन्य बस्तुको उत्पादन बढाउन र त्यसको बजारिकरण गर्न सरकारले व्यापार नीति, औंद्योगिक नीति र दिर्घकालीन कृषि रणनीति तय गरेको पनि स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उत्तरदायी व्यवसाय संचालनका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था तर्जुमा गरिरहेको दावी पनि गरे ।

मन्त्री विष्टले कृषि क्षेत्रको विकासको लागि श्रमिक मैत्री वातावरण निर्माणमा पनि सरकारले जोड दिएको बताए ।

कार्यक्रममा कृषि व्यवसायप्रति उत्तरदायी बनाउने नीतिगत र संरचनागत आधारका विषयमा पनि छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?