Comments Add Comment

झलमाया प्रकरणः प्रहरी भन्छ– प्रारम्भिक अनुसन्धानमा आत्माहत्या नै देखियो

२० कात्तिक, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ की झलमायाँ श्रेष्ठको आत्महत्या नै भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ । तर, स्थानीय गाउँपालिका अध्यक्ष लगायत स्थानीयले हत्या भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेका छन् ।

श्रेष्ठको शव सोमबार आप\mनै घरको धुरीमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलाई हत्या पछि झुण्ड्याएको भन्दै उनका पति धननारायण श्रेष्ठ र सोही स्थानकी गोपिनी खड्काका विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिइएको छ ।

उक्त जाहेरी दर्ता भने नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शेख अदालतले बताए ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, वडा नं ३ र ४ का वडाअध्यक्षहरु सहित २ सय ३९ जनाले प्रहरीमा उजुरी दिएको गाउँपलिका अध्यक्ष खड्काले बताए पनि त्यस्तो जाहेरी आफूकोमा नआएको अदालतले बताए ।

मृतक महिलाले अघिल्लो दिन पतिले कुटपिट गरी मार्न खोजेको भन्दै बचाउन बजारमा हारगुहार गरेको भोलिपल्टै झुण्डिएको अवस्थामा लास भेटिनुले उनको हत्यानै गरिएको गाउँपालिका अध्यक्ष खड्काको भनाइ छ ।

प्रहरीले भने प्रारम्भिक अनुसन्धानमा उनको हत्या नभइ आत्माहत्यानै गरेको देखिएको जनाएको छ । ‘अहिले हेर्दा आत्माहत्या नै देखिन्छ । बाँकी कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिन्छ,’ प्रहरी प्रवक्ता अदालतले भने ।

उनको शव पोष्टमार्टम गरी बुझाइसकेको बताउँदै प्रहरीले यस बारेमा थप अनुसन्धान भने हुने जनाएको छ । घटनालाई गाउँपालिका अध्यक्षलेनै अतिरञ्जित गर्न खोजेको पनि अदालतले बताए ।

मृतकका पति र स्थानीय गोपिनी खड्कालाई असुरक्षा भएकै कारण प्रहरीले सुरक्षामा लिएको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment