Comments Add Comment

दुईजना आमाको गर्भमा एउटै बच्चा !

अमेरिकामा एक दम्पतिले आफ्नो गर्भको शिशुलाई पालैपालो दुबैजनाको गर्भमा राखेर जन्म दिएको छ ।

उक्त समलिंगी जोडी अन्ततः दुईवटा कोखमा एउटै बच्चा पालैपालो राखेर जन्म दिने दुनियाकै पहिलो दम्पत्ति बनेको छ । उक्त बच्चा दुईजना आमाको गर्भमा हुर्र्किएको पहिलो बच्चा बन्न सफल भएको छ ।

उक्त दम्पत्तिले आफ्नो पहिलो बच्चालाई जन्म दिनका लागि आइभिएफ प्रविधिको सहयोग लिएको थियो ।

६ वर्षसम्म डेट गरेपश्चात् एश्ले र ब्लिस कल्टर नामका ती दुई समलिंगी महिलाले सन् २०१५ मा बिहे गरे । दुबैजनाले बच्चा जन्माएर आमा बन्न चाहन्थे । तर लेस्बियन भएका कारण उनीहरुले प्राकृतिक तवरले गर्भाधारण गर्न सक्दैनथे । त्यसपछि उनीहरुले टेस्टट्युब बेबी प्रविधिको सहयोग लिए ।

ब्लिसको गर्भाशयबाट अण्डा निकालियो र उक्त फर्टिलाइजेसन सेन्टरबाट लिइएको शुक्रकिट सँग मिलान गराई फर्टिलाइजेसन गरियो । भ्रुण तयार भएसँगै त्यसलाई ब्लिसको पाठेघरमा प्रत्यारोपण गरियो ।

केही समयपछि उक्त भ्रुणलाई ब्लिसको गर्भबाट निकालियो र २८ वर्षकी एश्लेको पाठेघरभित्र स्थानान्तरण गरियो ।

अन्ततः गत जून महिनामा एश्लेले एक छोरा जन्माइन् । त्यस बच्चाको नाम स्टेटसन राखिएको छ ।

स्टेटसन दुई आमाको गर्भमा हुर्किने दुनियाको पहिलो बच्चा बनेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment