Comments Add Comment

तिहार विशेषः वातावरणमैत्री तरिकाले दिपावली कसरी मनाउने ?

तिहार खुसीयाली र उज्यालोको पर्व हो । यो पर्वको धेरै आकर्षक र सुन्दर पक्षहरु छन् तर यसको केही नराम्रा पक्षहरु पनि छन् ।

धेरै मानिसहरुले खुसीयालीको यो उत्सव मनाउन पटाका पड्काउने गर्छन् जसले विषालु धुँवा वायुमण्डलमा फैलन्छ र वातावरणलाई नै विषाक्त बनाइदिन्छ । यस्तो धुँवाले दमका रोगीहरुलाई नोक्सान पुर्याँउछ । बच्चा, वृद्धवृद्धा जवान सबै उमेरका मानिसहरुलाई यसले असर गर्छ ।

श्वासप्रश्वासका बिरामी बाहेक पटाकाको ठूलो आवाजले कानलाई पनि असर गर्छ । यस्तो आवाजले मानिस मात्रै होइन जनावरहरु पनि तर्सिन्छन् । यसले ध्वनी प्रदुषण गराउँछ ।

ध्वनी प्रदुषण कम गर्नको लागि अस्पताल र विद्यालयहरुलाई साइलेन्स जोन घोषणा गरिएको हुन्छ जँहा चर्को आवाजमा हर्न बनाउन निषेध गरिएको हुन्छ ।

तिहारमा टोलै थर्किने गरि कसैले चर्को आवाज आउने पटाका, बम र अन्य चीजहरु पड्काएको हामीलाई मन पर्दैन । त्यसैले हामीलाई मन पर्दर्ैन भने अरुलाई पनि मन नपर्न सक्छ भनेर सोचौं र पटाका पड्काउन बन्द गरौं ।

जोखिमयुक्त पटाकाको व्यापार
पटाकाले पड्काउने मानिसहरुलाई मात्रै होइन बनाउने मानिसहरुलाई पनि नोक्सान पुर्याँउछ । पटाका बनाउन बारुदको प्रयोग हुन्छ जसलाई बनाउने मानिसहरुको हातलाई नोक्सान पुर्याँउछ ।

यस बाहेक जब यो बारुद नाकको बाटो हुँदै फोक्सो सम्म पुग्यो भने यसले मानिसलाई गम्भिर बिरामीको शिकार बनाइदिन्छ ।

तिहारको समयमा पटाकाको पसलहरुमा आगो लाग्ने र विष्फोट हुने घटनाहरु बढ्छन् । कैयौं पटक त यसले बजारमा आगो पनि लाग्ने गरेको छ । यसैले सरकारले पटाकाको बिक्रिवितरणमा रोक लगाएको छ ।

दियोको प्रयोग गर्दा राम्रो
तिहारमा दिपावली गरेर खुसीयाली मनाउने अर्को तरिका बिजुलीको झिलिमिली बत्तिहरु बाल्ने हो । यसको लागि मानिसहरु धेरै संख्यामा बिजुलीको झल्लर, बल्ब र अन्य सजावटका सामानको प्रयोग गर्छन् ।

यसमा सबैभन्दा ठूलो कुरा मानिसहरु एक अर्काको देखासिकीमा आफ्नो घरमा धेरै उज्यालो होस भन्ने चाहन्छन् । यसले बिजुलीको खर्च बढ्छ ।

यसको परिणाम स्वरुप बिजुलीको वितरणमा समस्या आँउछ । अस्पताल, कार्यालय, रेल्वे स्टेशन र बजारमा समुचित मात्रामा बिजुली मिल्दैन बिजुलीको सजावटी सामान लगाउनको लागि मानिसहरु बिजुली चोरी पनि गर्न सक्छन् ।

ओभर लोडको कारण लोसडसेडिङ हुने, फ्युज उड्ने जस्ता समस्या हुन्छन् र बत्ति जाने समस्या हुन्छ । यसैले बिजुलीको फजुल खर्च रोक्नको लागि कम बिजुली प्रयोग गर्नुपर्छ ।

दिपावली गर्नको लागि दियोको प्रयोग गर्नुहोस् किनभने यो वातावरणको लागि ठिक हुन्छ ।

दिपावलीमा रंगोलीले घरको सजावट गरिन्छ तर, यसलाई बनाउनको लागि हानीकारक रंगहरुको प्रयोग गरिन्छ । हानीकारण रंगहरुबाट टाढै रहनुहोस् ।

हामीले सकेसम्म प्राकृतिक रंगहरुको प्रयोग गर्नुपर्छ । यसैले रंगोली बनाउनको लागि प्राकृतिक चीजहरुलाई नै प्रयोग गर्नुहोस् । यसको लागि फूल र पातहरुको पनि प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment