Comments Add Comment

क्यानवेरामा नेपाली अभिभावकलाई अभिनन्दन

सिड्नी / अष्ट्रेलियाको राजधानी क्यानवेरामा नेपालबाट आएका अभिभावकहरुलाई अभिनन्दन गरिएको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियन क्यापिटल टेरिटोरी राज्य संयोजन समितिको आयोजनामा नेपालबाट आफ्ना परिवार भेट्न आएका अभिभावकहरुलाई अभिनन्दन गरिएको हो ।
कार्यक्रममा क्यानवेरामा अध्यनरत नेपाली विद्यार्थीहरु र भर्खरै बसाइसराइँ गरी आएकाहरुलाई स्वागत गरिएको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा अभिभावकहरुलाई मफलर र सल ओढाएर सम्मान गरिएको थियो ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियन क्यापिटल टेरिटोरी राज्य संयोजन समितिको वार्षिक कार्यक्रमको निरन्तरता र नेपाली समुदायबीच भाइचारा बढाउने उदेश्यअनुरुप दशैं, तिहार र छठको अवसर पारेर कार्यक्रम आयोजना गरिएको संयोजक राजन ढुंगेलले बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघले जारीको गरेको सदस्य परिचय पत्र पनि बितरण गरिएको थियो । राजदूत शेर्पाद्वारा डा। कृष्ण हमाल र डा। सिताराम घिमिरेलाई सदस्य परिचयपत्र हस्तान्तरण गरी परिचय पत्र वितरण शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै राजदूत शेर्पाले गैरआवासीय नेपाली संघले आफ्नो कला र संस्कृति जगेर्नामा निर्बाह गरेको भूमिका स्रहानीय रहेको भन्दै अष्ट्रेलियामा गैरआवासीय नेपाली संघको गतिविधिहरुको प्रसंशा गरेकी थिइन् ।

गैरआवासीय नेपालीहरुको उत्साहाजनक उपस्थिति रहेको उक्त कार्यक्रम क्यानवेरास्थित ब्लाक माउन्टेन पेनेसुल्लामा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment