Comments Add Comment

तीन हप्तापछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा, डाक्टरले भने : धेरै नबोल्नू

२१ कात्तिक, काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

चिकित्सकहरुको परामर्शमै प्रधानमन्त्री ओली महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तीको अवसर पारेर बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले सदाझैं व्यंग्य मिश्रति भावसहित भाषण पनि गरे । उनले भाषणको सुरुवातमै सबैलाई प्रमुख अतिथि भनेपछि हल हाँसोले गुञ्जिएको थियो । प्रधानमन्त्री ओलीले महाकवि देवकोटाजस्तो विद्धान कवि विश्वमा कहीँ पनि नभएको बताए ।

प्रधानमन्त्री ओलीले महाकवि देवकोटालाई बेगवान कविको रुपमा पनि चित्रण गरे । अत्याधिक धुमपान गरेर देवकोटाले गम्भीर भूल गरेको पनि उनले बताए ।

कार्यक्रममा साहित्यकारहरुले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको स्मरण गर्दै कविता बाचन गरेका थिए । यसैबीच, प्रधानमन्त्री केपी ओली आफूहरुले दिएको सुझाव अनुसार नै बुधबारबाट सार्वजनिक कार्यक्रममा सहभागी भएका वरिष्ठ चिकित्सक अरुण सायमीले बताए ।

प्रधानमन्त्री ओलीसँगै महाकवि देवकोटाको जन्मजयन्ती कार्यक्रममा पुगेका उनले कला र साहित्यमा मरिमेट्ने प्रधानमन्त्री ओलीलाई धेरै नबोल्न भने पुनः सुझाव दिए ।

प्रधानमन्त्री ओली छातीमा समस्या देखिएपछि तीन साताअघि महाराजगंजस्थित मनमोहन भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment