Comments Add Comment

पार्टी एकतावद्ध बनाउने अभियानमा जुट्न देउवाको आव्हान

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आव्हान गरेका छन् ।

सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराएका हुन् ।

तिहार तथा नेपाल सम्वतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

सभापति देउवाले निर्वाचनको हारबाट निराश नहुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई निर्देशन दिए ।

सभापति देउवाले नेपाल सम्वतका प्रवर्तक शंखधर शाख्वाले गरिवी निवारणमा पुर्‍याएको योगदानको पनि चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी -प्रजातान्त्रिक)का केन्द्रीय सदस्य सुरेन्द्र केसीले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment