Comments Add Comment

म ९० मिनेट मैदानमा अपमानित थिएँ : मोउरिन्हो

२२ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिगमा बुधबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्टसलाई २-१ ले हरायो । क्रिष्टियानो रोनाल्डोको गोल बिर्साउने गरी युनाइटेडले जितेको खेलमा चर्चामा रहे जोस मोउरिन्हो ।

यो सिजन सबै खेलमा अपराजित रहेको युभेन्टसलाई हराउन ८६ औं मिनेटमा जुआन माटाले गोल गरे भने एक गोल आत्मघाती भएको थियो । त्यसअघि युभेन्टसका लागि ६५ औं मिनेटमा रोनाल्डोले गोल गरेका थिए ।

म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रोनाल्डोले गोलपछि जर्सी आधा खोलेर खुसी मनाएको म्यानचेस्टर समर्थकलाई चित्त बुझेको थिएन ।

खेलभर दबावमा देखिए पनि जित निकाल्न सक्दा यसैले युनाइटेडका प्रशिक्षक मोउरिन्होले जितपछि अनौठो शैलीमा खुसी मनाए । उनले व्यङ्ग्यात्मक शैलीमा एउटा हात कानमा राखे र मुख बिगारे । उनी आˆनो हाउभाउबाट भनिरहेका थिए, ‘अब केही भन्नु छ ?’

‘म पूरा ९० मिनेट मैदानमा अपमानित भएर बसिरहेको थिएँ । यहाँ म आˆनो काम गर्न मात्रै आएको हो, त्यो भन्दा अरु त केही होइन नि । त्यसैले जितपछि त्यसरी खुसी मनाएँ’ मोउरिन्होले भने ।

‘मैले त्यसरी खुसी मनाएर कसैलाई अपमानित गर्न खोजेको होइन । म उनीहरुको आवाज अझ चर्को सुन्न चाहन्थें, यसैले कानमा हात राखें’ उनले भने ।

च्याम्पियन्स लिगको समूह एचमा रहेको म्यानचेस्टर युनाइटेड ४ खेलमा २ जित, एक हार र एक बराबरीसहित दोस्रो स्थानमा छ । ४ खेलमा ३ खेल जितेर १ खेल हारेको युभेन्टस पहिलो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment